चार महादेशका साहित्यकारहरूसँग अनतरसंवाद

सुरेन उप्रेती २०८३ जेठ १४ गते २२:२८ मा प्रकाशित

अनेसासको नवौँ विश्वसम्पदा यही मे महिनाको २२ देखि २५ सम्म अमेरिकाको कोलोराडोमा सम्पन्न भयो । सम्मेलनमा नेपाल, भारत, जापान, बेल्जियम, बेलायत, अष्ट्रेलिया, क्यानडा ,सहित अमेरिकाका बिभिन्न शहरबाट साहित्यकारहरूको सहभागिता रहेको थियो । नौजना पूर्व केन्द्रीय अध्यक्षहरू होमनाथ सुवेदी, भीम रेग्मी ,पुरु सुवेदी, प्राध्यापक मोहन सिटौला, ज्ञानेन्द्र गदाल, पदम विश्वकर्मा, राधेश्याम लेकाली, गोवर्धन पूजा, र सर्वज्ञ वाग्ले एकै ठाउँमा जम्मा भएर सम्पन्न भएको यो नै प्रथम कार्यक्रम हो । अनेसास केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षता र कोलोराडो च्याप्टर अध्यक्ष किरण अधिकारीको संयोजकत्वमा सम्पन्न भयो । सम्मेलनको प्रमुख अतिथि साहित्यकार डाक्टर नवराज लम्साल हुनु हुन्थ्यो ।

भारतको बालसाहित्यमा अकाडेमी पुरस्कार जस्तो गरिमामय पुरस्कारबाट विभूषित हुनु भएकी मिना सुव्वा तथा मदन पुरस्कारबाट पुरस्कृत डाक्टर नीलम कार्की निहारिका र डाक्टर नवराज लम्सालको उपस्थिति रहेको थियो । अष्ट्रेलिया महादेशबाट योगी आचार्य राजन ,यूरोपबाट साहित्यकार माया गुरुङ , एशियाबाट प्रा डा पुष्पा शर्मा ,अनि उत्तरअमेरिका शिव दाहाल र रेखा जोशीले अन्तरसंवादमा भाग लिनु भएको थियो । उक्त प्यानलले विश्वसाहित्यमा नेपाली बालसाहित्य र हाम्रो दायित्व विषयमा छलफल तथा परिचर्चा गरेको थियो । विश्वभरि छरिएर रहेका नेपाली मूलका दोश्रो र तेश्रो पुस्तालाई कसरी नेपाली ,भाषा, साहित्य, संस्कृति, र सम्पदासँग जोड्न सकिन्छ भन्ने विषयमा गहन विमर्श भयो । बालबालिकाहरूलाई मात्र नभएर अविभावकहरूमा समेत नयाँ प्रविधिको अधिक प्रयोगले लागूपदार्थले असर पारेको छ । यसका लागि अधिकतम समय खेलकुद, योगा, ध्यान तथा रचनात्मक कार्यमा लगाउने र अन्य काममा संलग्न गराउनु पर्ने कुरा आचार्य राजन शर्माले राख्नु भएको थियो । योगी आचार्य राजनले फिजीमा रहेका नेपाली मूलका मानिसहरूले भाषा साहित्य र संस्कृति हराई सकेको अवस्था रहेछ । त्यहाँ नेपाली पाठशाला खोलेर भाषा सिकाउन थालिएको कुरा जानकारी दिनु भयो । नेपाली भाषा सिकाउने स्वयंसेवीहरूलाई पठाएर भाषा सिकाउँदै गरेको समेत जानकारी दिनु भयो ।

प्रा डा पुष्पा शर्माले संयुक्त परिवारमा रहेका बालबालिकाहरूले भाषा साहित्य र संस्कृति सहज तरिकाले सिक्ने गरेका उदाहरणहरू प्रस्तुत गर्नु भयो । बालबालिकाहरूलाई बिभिन्न कार्यक्रममा जोडेर लैजाने हो भने भाषा सिक्न सक्छन् भन्दै माया गुरूङले अनुभवहरू प्रस्तुत गर्न भयो । त्यस्तै शिव दाहालले भाषालाई सिकाउन दवाव दिने हैन , महत्व दर्शाएर सिकाउनु पर्छ। नेपाली भाषालाई सिकाएनौ भने भाषा लोपहुने हैन हामी लोप हुनेछौ भन्दै विभिन्न उदाहरण दिनु भयो । त्यस्तै गरी रेखा जोशीले बालमनोविज्ञानमा कोभिड १९ पछी देखिएका मानशिक तनाव र अविभावकहरूले ध्यान दिनु पर्ने बिषयमा धारणा राख्नु भयो । केन्द्रीय बाल समितिका संयोजक सुरेन उप्रेतीले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो । दोश्रो र तेश्रो पुस्ताले भाषा साहित्य र संस्कृतिको नेतृत्व नलिने हो भने हाम्रो पहिचान गुम्नेछ ।

हामी समुन्द्रमा हराएको जहाज जस्तै र लटाइबाट धागो चुँडिएको चंगा जस्तै बन्नेछौ । यही कुरालाई मध्यनजर गरी, सन्सारभरका बालबालिकालाई कविता वाचन, वक्तृत्वकला प्रतियोगिता गराउँदै आएको बताउनु भयो । सबै महादेशका एकसय सत्तरीजना बालबालिकाहरूको कविता संकलन गरी धराका सितारा कविता संग्रह प्रकाशन गरेको कुरा जानकारी गराउनु भयो । अष्ट्रेलिया र उत्तर अमेरिकाका ४० जना बालबालिकाहरूले युगकवि सिद्धचरण बिषयमा वक्तृत्व कलामा भागलिएर पुरस्कृत भएको कुरा जानकारी दिनु भयो । कार्यक्रममा नेपाली संचारजगतमा लामो समय काम गर्नु हुने सञ्चारकर्मीहरू श्रीओम श्रेष्ठ रोदन, बबिता बस्नेत, नारायण श्रेष्ठ, सुधिर शर्मा ,बसन्त बस्नेत, विपुल पोखरेल, दिनेश कार्की, ओम आचार्य ,यशोदा तिम्सिना , दीर्घराज उपाध्याय आदिको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाली संचारजगतमा लामो समय काम गर्नु हुने सञ्चारकर्मीहरू श्रीओम श्रेष्ठ रोदन बबिता बस्नेत, नारायण श्रेष्ठ, सुधिर शर्मा ,सन्त बस्नेत, विपुल पोखरेल, दिनेश कार्की, ओम आचार्य ,यशोदा तिम्सिना , दीर्घराज उपाध्याय आदिको उपस्थिति रहेको थियो ।

सुरेन उप्रेती

साहित्यकार/कवि

प्रतिक्रिया