टेक्ससबाट ३ सन्तानकी आमा बचाउने श्रीमान्‌ दिल रसाइलीको चित्कार:”सक्नुहुन्छ भने मेरी जीवनसंगिनीलाई नयाँ जीवन दिनुहोस्”

महँगो उपचार खर्चले छिन्नभिन्न बन्दै एक नेपाली परिवार

इनेप्लिज २०८३ जेठ १२ गते ०:४२ मा प्रकाशित

भनिन्छ, संसारमा सबैभन्दा ठूलो पीडा आफ्नी जीवनसंगिनी (श्रीमती) लाई आँखा अगाडि मृत्युसँग लडिरहेको देख्नु र आफू केही गर्न नसक्ने निरुपाय अवस्थामा पुग्नु हो। कलेजो र मिर्गौला जस्ता संवेदनशील अङ्गहरूले काम गर्न छाडेपछि मानिसको शरीर कसरी कमजोर हुँदै जान्छ र त्यसले एउटा सिंगो परिवारलाई कस्तो संकटमा पार्छ भन्ने उदाहरण अहिले अमेरिकामा देखिएको छ।

हाल अमेरिकाको टेक्सस राज्यमा बस्ने एक नेपाली परिवार यस्तै एउटा ठूलो, हृदयविदारक र कारुणिक संकटबाट गुज्रिरहेको छ।

नेपालको खोटाङ घर भई हाल गार्ल्यान्ड, टेक्सस ड्यालस नजिक बस्ने दिल रसाइलीकी श्रीमती गीता राई अहिले अस्पतालको शय्यामा जीवन र मरणको दोसाँधमा छिन्। सन् २००४ फेब्रुअरी ३ का दिन विवाह बन्धनमा बाँधिएका दिल र गीताको २२ वर्ष लामो सुखद यात्रामा अचानक एउटा यस्तो खतरनाक रोगको आँधी आयो, जसले उनीहरूको हाँसीखुसी चलिरहेको संसारलाई छिन्नभिन्न पारिदिएको छ।

दिल रसाइली सन् २०१३ मा अमेरिका आएका हुन् । सन् २०१३ देखि २०२० सम्म मेहनत गर्दै साना व्यवसाय संचालन गर्दै बढाउदै लागे । तर दुर्भाग्यवस कोभिड पछि उनलाई पनि ठूलो असर गर्यो र आफ्ना ब्यबसायमा धक्का लाग्यो । ८ वटा सम्म ब्यबसाय पुर्याएका उनि हाल एक मात्र ब्यबसायमा टिकेका छन् तर छोरीहरु र छोराको पढाई र थलिएकी पत्नीलाई ,स्याहार र हेरचाहको विविध खर्चले उनि निकै नाजुक अवस्थामा पुगेका छन् । उनि त्यतिकै हार मान्ने मानिस हैनन् । अमेरिकामा परेका यस्ता सहयोगमा उनले कैयौ सहयोग गरेका छन् तर विधिको बिधान अहिले उनलाई आफ्नै घरमा यस्तो अकल्पनीय आपत आई लाग्यो ।

दुवै मिर्गौला असफल (फेल) र कलेजोमा गम्भीर समस्या :

गीताको स्वास्थ्य अवस्था अहिले अत्यन्तै नाजुक र जटिल छ। उनका दुवै मिर्गौलाले पूर्ण रूपमा काम गर्न छाडिसकेका छन्। पीडा यत्तिमा मात्र सीमित छैन; उनलाई कलेजोको गम्भीर रोग ‘लिभर सिरोसिस’ र त्यसकै अर्को कडा रूप ‘हेपाटिक इन्सेफालोप्याथी’ समेत भएको छ। यो यस्तो खतरनाक अवस्था हो, जसले मानिसको मस्तिष्क र मानसिक चेतनामा सिधा असर पुर्‍याउँछ। शरीरमा विजातीय तत्व र फोहोर जम्मा भएका कारण उनको सोच्ने र बुझ्ने शक्तिमा समेत गम्भीर असर परेको छ। अहिले उनलाई बचाउन नियमित डायलाइसिस (मेसिनको सहायताले रगत सफा गर्ने प्रक्रिया) र निरन्तर चिकित्सकको कडा निगरानीमा राखिएको छ। उनका लागि हरेक नयाँ दिन, जिन्दगीको अर्को नयाँ युद्ध जिते सरह भएको छ।

सन्तान र श्रीमान्‌ (दिल रसाईली)को गुहार :

उनले यस्तो लेखेका छन् , “श्रीमतीको उपचार र हाम्रा तीन सन्तान अर्थात् दुई छोरी र एक किशोर छोराको भविष्यका लागि म एक्लैले रातदिन संघर्ष गरिरहेको छु। तर, अमेरिकाको महँगो उपचार, निरन्तरको औषधि र अस्पतालको खर्चले मलाई पूर्ण रूपमा थकाइसकेको छ,” भावुक हुँदै दिल रसाइलीले गोफन्डमीमा आफ्नो पीडा पोखेका छन्। आफूसँग भएका सबै उपाय, बचत र धन सकिएपछि अहिले उनी आर्थिक रूपमा एकदमै ठूलो समस्यामा परेका छन्। कडा परिश्रम गर्दा र आफूसँग भएका सबै स्रोतसाधन प्रयोग गर्दा पनि अब अस्पतालको खर्च धान्न नसक्ने अवस्था आएपछि उनी समाजसँग हात फैलाउन बाध्य भएका हुन्।

आफ्नी श्रीमतीलाई बचाउन र ३ जना छोराछोरीलाई आमाको न्यानो काख गुमाउन नदिनका लागि दिल रसाइलीले सम्पूर्ण नेपाली समुदाय, प्रवासी दाजुभाइ, दिदीबहिनी र दयालु मनहरूसमक्ष आर्थिक सहयोगको अपिल गरेका छन्। उनले गोफन्डमी मार्फत ९५ हजार अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखेका छन्, जुन अभियान भर्खरै मात्र सुरु गरिएको हो।

हाम्रो सानो सहयोगले गीताले नयाँ जीवन पाउन सक्छिन् र एउटा नेपाली परिवार टुट्नबाट जोगिनेछ। यदि तपाई पनि यो दुःखद घडीमा रसाइली परिवारलाई सहयोग गर्न चाहनुहुन्छ भने तलको विवरणमा सिधै रकम जम्मा गर्न सक्नुहुन्छ :

प्रत्यक्ष सहयोगका लागि बैंकिङ विवरण:

बैंकको नाम: Bank of America
खातावालाको नाम: DIL RASAILI
खाता नम्बर (A/C): 586032076380
Zelle/GoFundMe:Dil Rasaili

सहयोग गर्ने यहाँ थिच्नु होला : https://gofund.me/622f39256

प्रतिक्रिया