
साहित्यकार डा तुलसी आचार्यको नवीनतम कृति कविता संग्रह दिनभरि पानी परिरहन्छ विमोचन गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवौं अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा कोलोराडोको डेन्भरमा आयोजित एक भव्य समारोह वीच शनिवार प्रमुख अतिथि बरिष्ठ साहित्यकार डा नवराज लम्साल,अनेसास संस्थापक अध्यक्ष होमनाथ सुवेदी,अध्यक्ष सर्वज्ञ वाग्ले,बोर्ड अफ ट्रष्टी अध्यक्ष पदम विश्वकर्मा र कवि आचार्यले संयुक्त रूपमा विमोचन गरेका हुन् ।
नेपाली र अंग्रेजीमा दर्जन जति पुस्तक प्रकाशित गरिसकेका आचार्यको यो पहिलो कविता संग्रह हो ।
प्रतिक्रिया