
वरिष्ठ पत्रकार तथा अधिवक्ता निमकान्त पाण्डेले आफ्नो पछिल्लो श्रब्यदृश्य (भिडियो )मार्फत नेपालको राजनीतिलाई पर्दा पछाडिबाट कसरी बिचौलिया (दलाल वा मिडलम्यान) हरूले नियन्त्रण गरिरहेका छन् भन्ने कुराको रहस्य खोलेका छन् ।
प्रहरीले नेपालका एक जनाठूला बिचौलिया दिपक भट्टको घरमा छापा मार्दा (खानतलासी गर्दा) एउटा लिखित फेरिस्त (विवरण) फेला पारेको छ। पाण्डेका अनुसार कागजात फेला परे पछि प्रहरीनै आश्चर्यचकित भएका छन् ।
उक्त कागजातले नेताहरू कसरी बिचौलियाको इशारामा चल्छन् र कसरी सरकारहरू ढालिन्छन् भन्ने कुरा छताछुल्ल पारेको छ।
बिचौलियाहरूकै स्वार्थ नमिल्दा विगतमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालिएको र शेरबहादुर देउवा तथा केपी शर्मा ओलीबिचको मिलन गराइएको दाबी पाण्डेले गरेका छन् ।
पत्रकार पाण्डेका अनुसार नेपालका ठूला तस्कर र बिचौलियाहरूको पहुँच देशका शीर्ष नेताहरूको शयनकक्ष (बेडरुम)सम्म रहेको छ। नेताहरूको आफ्नै व्यापार, उद्योग वा जागिर नभए पनि उनीहरूको विलासी जीवनशैली र हैसियत यिनै अपारदर्शी बिचौलियाहरूको आर्थिक प्रलोभन र ‘शुभलाभ’ का कारण चुलिएको पाण्डेको भनाइ छ। त्यति मात्र हैन ,सर्वोच्च अदालतका अवकासप्राप्त प्रधान न्यायाधिश तथा न्यायाधिशहरुलाई समेत उनीहरुबाट प्रभावित भएको र न्यायाधिशहरुद्वारा उनीहरु संरक्षित भएको समेत श्रब्यदृश्यमा बताए । न्यायधिशहरुले बिचौलियाहरूको हितमा काम गरेको समेत आरोप लगाएका छन्
धेरै शीर्ष नेताहरूले बिचौलियामार्फत कमाएको रकम लुकाउन स्विस बैंक र साउदी बैंक जस्ता विदेशी बैंकहरूमा पैसा थुपारेको कारण देश गरिबी र बेरोजगारीको खाडलमा जाकिएको उनले आरोप लगाएका छन् ।
बालेन शाहको आक्रामक कदम र ओली-प्रचण्ड सङ्कटमा:
प्रधानमन्त्री बालेन शाहले अहिले यो ‘बिचौलिया राज’ समाप्त पार्न निकै योजनाबद्ध र आक्रामक रूपमा अनुसन्धान अगाडि बढाएका छन् । बालेन सरकारले अनुसन्धान कडा पारेपछि र राज्यकोषको ढुकुटी दुरुपयोग रोकेपछि केपी शर्मा ओली लगायतका धेरै नेताहरू अहिले सङ्कटमा परेका छन्।
पत्रकार पाण्डेको आफ्नै अनुभव:
पाण्डेले विगतमा आफूले प्रचण्ड जनयुद्धमा जानुअघि पाटनढोकामा बस्दादेखि नै निकट रहेर सहकार्य गरेको र जनआन्दोलन तथा पत्रकारितामार्फत सहयोग गरेको स्मरण गरेका छन् । तर, अहिलेका शीर्ष नेताहरू देश र जनताप्रति जिम्मेवार नभई बिचौलियाको ‘कारिन्दा’ जस्तो बनेकोमा उनले गम्भीर चिन्ता व्यक्त गरेका छन् । बालेन नेतृत्वको सरकारले १०० दिन पूरा गर्दै गर्दा धेरै ठूला र रहस्यमय भ्रष्टाचारीहरूको भण्डाफोर हुने आशा उनले व्यक्त गरेका छन् ।
प्रतिक्रिया