ट्रम्प प्रशासनको नयाँ निर्णय: आफ्ना समर्थकलाई क्षतिपूर्ति दिन १.७ बिलियन डलरको विशेष कोष स्थापना

इनेप्लिज २०८३ जेठ ४ गते १६:५७ मा प्रकाशित

वासिङ्टन डीसी — अमेरिकी डोनल्ड ट्रम्प सरकारले सोमबार एउटा ठूलो र विदास्पद निर्णय घोषणा गरेको छ। 

ट्रम्प प्रशासनले आफ्ना राजनीतिक समर्थक र सहयोगीहरूका लागि १.७ बिलन डलर करोडको एउटा विशेष कोष बनाउने भएको छ।

यो कोषको मुख्य उद्देश्य अघिल्लो जो बाइडेन सरकारको न्याय बिभागबाट ‘अन्यायमा परेका’ वा ‘पीडित भएका’ ट्रम्पका साथीहरूलाई आर्थिक क्षतिपूर्ति दिनु हो। 

सरकारले यस कोषको नाम ‘एन्टि-वेपनाइजेसन फन्ड’  अर्थात् ‘कानुनको दुरुपयोगविरुद्धको कोष’ राखेको छ।

कोष स्थापनाको कारण

यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो करसम्बन्धी गोप्य कागजपत्र (ट्याक्स रिटर्न) सॅचारमाध्य( मिडिया)मा सार्वजनिक गरिदिएको भन्दै आन्तरिक राजस्व विभाग विरुद्ध अदालतमा मुद्दा हालेका थिए । 

सोही मुद्दालाई आपसी सहमतिमा टुङ्ग्याउने क्रममा अमेरिकी न्याय बिभागले यो नयाँ कोषको घोषणा गरेको हो।

अमेरिकाका कार्यवाहक महान्यायाधिवक्ता  टोड ब्लान्चले यस निर्णयको बचाउ गर्दै भने अघिल्लो सरकारले कानुनको दुरुपयोग गरेर जसलाई अन्याय गरेको थियो, उनीहरूका आवाज सुन्न र न्याय दिनका लागि यो एउटा कानुनी र सही प्रक्रिया हो।”

 ट्रम्प पक्षका अनुसार अघिल्लो बाइडेन सरकारले राजनीतिक प्रतिशोध साध्न कानुनलाई हतियार बनाएको थियो।

विपक्षी र नागरिक समाजको कडा विरोध

यो निर्णय सार्वजनिक हुनासाथ विपक्षी डेमोक्र्याट दलका नेताहरू र सरकारी कामकारबाही निगरानी गर्ने संस्थाहरू (वाचडग) ले यसको कडा विरोध गरेका छन्। 

उनीहरूले यसलाई ‘भ्रष्ट’ र इतिहासमै कहिल्यै नभएको गलत निर्णय भन्दै अदालतमा यसको विरुद्ध लड्ने घोषणा गरेका छन्।

 ट्रम्प सरकारले सर्वसाधारण जनताले तिरेको करको पैसा दुरुपयोग गरेर आफ्ना नजिकका मानिसहरूलाई धनी बनाउन खोजिरहेको आरोप लगााएका छन् ।

यसले गर्दा जोसुकैले पनि आफूमाथि राजनीतिक राजनीतिक पूर्वाग्रह भएको झूटो दाबी गर्दै सरकारी पैसा माग्न आउने बाटो खुल्ने चेतावनी उनीहरूले दिएका छन्।

पहिलेका घटना र नयाँ बहस

ट्रम्पका वकिलहरूले फ्लोरिडाको संघीय अदालतमा सोमबार यस मुद्दाको समाधान भइसकेको जानकारी गराएका छन्।

आलोचकहरूका अनुसार, यो कोषले ट्रम्पले आफ्ना पुराना सहयोगीहरूलाई पुरस्कृत गर्न खोजेको कुरालाई फेरि प्रमाणित गर्ने दाबी गरेका छन् ।

यसअघि पनि ट्रम्पले राष्ट्रपति पद सदम्हालेकै पहिलो दिन, सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवन (क्यापिटल हिल) मा दङ्गा गर्ने आफ्ना समर्थकहरूको सजाय माफी गरि दिएका थिए।

प्रतिक्रिया