३ सय छात्रालाई शैक्षिक सामग्री वितरण

इनेप्लिज २०८३ असार १८ गते १०:०९ मा प्रकाशित
 (  डि पी ढुंगेल )

रङ्गेली : रङ्गेली नगरपालिका मोरङको आयोजनामा कक्षा ८ मा अध्ययनरत १५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ३०० जना छात्रालाई छात्रासित उपमेयर कार्यक्रममा सम्मान गरिएको हो। सम्मानस्वरूप छात्राहरूले ब्याग तथा शैक्षिक सामग्री प्राप्त गरेका छन्। छात्रासित उपमेयर कार्यक्रमलाई निरन्तरता दिँदै विज्ञहरूबाट किशोरी अवस्थाका परिवर्तनहरू किशोरीको मनोविज्ञान पढाइप्रतिको चासो साइबर अपराधबाट बच्ने उपाय प्राविधिक तथा सीपमूलक शिक्षा मानसिक तनाव कुलत र कुसंगतबाट बच्ने उपायहरू लगायतका विषयमा ३०० जना छात्रालाई अभिमुखीकरण गरिएको नगरपालिकाले जनाएको छ।

कार्यक्रमका अध्यक्ष तथा रङ्गेली नगरपालिका कि कार्यवाहक नगर प्रमुख भूमा पराजुलीको अध्यक्षतामा सम्पन्न भएको जनाइएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह शिक्षा अधिकृत लीला देवी ओझा ओरेक नेपालका प्रतिनिधि विभिन्न विद्यालयका शिक्षकहरू लगायतको सहभागिता रहेको थियो। रङ्गेली नगरपालिकाले विशेषगरी किशोरी शिक्षा र स्वास्थ्यमा सुधार योजना विगत केही वर्षदेखि गर्दै आएको हो। कार्यक्रमको मूल नारा रंगेलीको इच्छा छात्रालाई शिक्षा रहेको थियो । अभिमुखीकरण कार्यक्रममा विज्ञहरूबाट सहजीकरण भएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरू चेतना खवास सन्जिता राजधानी संगम तामाङ लुना झाँगर भूमिका गिरी लगायतले कार्यक्रम अत्यन्तै राम्रो र फलदायी भएको प्रतिक्रिया दिए।

प्रतिक्रिया