
संसारभरि ‘मार्शल आर्ट्स’ (हातखुट्टाले खेलिने एक प्रकारको खेल ) मन पराउनेहरूका लागि एउटा निकै अनौठो र अचम्मको घटना घटेको छ।
विगत ९ वर्षदेखि खेल दुनियाँबाट टाढा रहेकी संसारकै प्रख्यात महिला खेलाडी रोन्डा राउजीले अखडा (रिङ)मा फर्किने बित्तिकै नयाँ इतिहास रचेकी छन्। शनिबार राति भएको एक विशेष खेलमा उनले आफ्नी पुराना प्रतिस्पर्धी ४४ वर्षकी जिना करानोलाई खेल सुरु भएको मात्र १७ सेकेन्डमा हराएर सबैलाई चकित पारिदिएकी छन्।
३९ वर्षकी रोन्डा राउजीले खेल सुरु हुने बित्तिकै आक्रामक रूपमा जीना कारानोलाई समातेर भुइँमा लडाइन्। त्यसपछि उनले आफ्नो प्रख्यात शैली ‘आर्मबार’ (हातलाई बंग्याएर च्याप्ने दाउ) प्रयोग गरिन्। यो दाउ यति खतरनाक थियो कि जीनाले आफूलाई बचाउनै सकिनन् र खेल तुरुन्तै रोक्नुपर्यो। खेल जितेपछि रोन्डाले भनिन्, “म कसैलाई चोट पुर्याउन चाहन्नथेँ। यो त एउटा सुन्दर कला मात्र थियो।”

रोन्डा राउजी सन् २०१० को दशकमा संसारकै सबैभन्दा चर्चित खेलाडी थिइन्, जसले आफ्ना विपक्षीहरूलाई १ मिनेटभन्दा कम समयमै हराउने गर्थिन्। खेलपछि पत्रकारले सोधे, “यति धेरै वर्षपछि अखडा (रिङ)मा फर्कँदा खेललाई अलिक लामो समयसम्म लैजान मन लागेन?” रोन्डाले हाँस्दै जवाफ दिइन्, “कदापि होइन! घरमा मेरा श्रीमान् र बच्चाहरूले मलाई हेरिरहेका थिए। म उनीहरूलाई धेरै बेर तनावमा राख्न चाहन्नथेँ।”
अर्कोतर्फ, १७ वर्षपछि खेलमा फर्किएकी जीना कारानो भनिन् ,खेल यति चाँडै सकिए पनि खुसी देखिइन्। खेल सकिएपछि यी दुवै महान् योद्धा (फाइटर)हरूले एकापसलाई अँगालो हालेर सम्मान प्रकट गरे। जिनाले भनिन्, “म खेल अझै लामो समयसम्म चलोस् भन्ने चाहन्थेँ। म पूर्ण रूपमा तयार थिएँ, तर १७ वर्षको खाली समय (ग्याप )निकै लामो हुने रहेछ।”
यो ऐतिहासिक खेलको प्रत्यक्ष प्रसारण संसारकै लोकप्रिय श्रब्यदृश्य मंच (भिडियो प्लेटफर्म )नेटफ्लिक्समा गरिएको थियो।
नेटफ्लिक्सले पहिलो पटक यस्तो प्रतिस्प्रद्धा को प्रत्यक्ष खेल देखाएको हो। रोन्डा राउजीले यो जितसँगै अब आफू खेल जीवनबाट सधैँका लागि सन्न्यास लिने र आफ्नो परिवारसँग कृषि फार्ममा रमाउने बताएकी छन्।
तर, पराजित भएकी गिना करानोले भविष्यमा फेरि अर्को खेल खेल्न सक्ने सङ्केत गरेकी छन्। दुई पुराना चर्चित र महान खेलाडीहरूको यो भिडन्तले खेल प्रेमीहरूलाई निकै रोमाञ्चित बनाएको छ।
प्रतिक्रिया