आफ्नो जीवन का विभिन्न कालखण्डमा अनेकौं आरोह अवरोह तथा विविध प्रकार का चुनौतीपूर्ण परिस्थिति को सामना गर्दै सात दशक पार गर्दै विश्वमा सकारात्मक सन्देश प्रबाह गर्न सफल नेपाली कम्युनिस्ट पार्टीको जीवनमा ठुलो संकट पैदा भएको छ भने बिचार,सिधाान्त र नेतृत्व माथी नै प्रश्न चिन्ह खडा भएको छ।उत्पादन ,जनसम्वन्ध र बर्गिय पक्षधरताको वकालत गर्ने पार्टी जनताबाट टाढिएको छ मनोगत ,आत्मकेन्द्रीत ,एकाधिकारवादी र महत्वाकांक्षी नेतृत्व आजको यो परिस्थितिको सृजना कार हुन् ।
आज दुनियाँमा प्रबिधि को बिकास द्रुत गतिमा भइरहेको कुरामा ध्यान न दिने भुराजनीति लाई नजरअन्दाज गर्ने।आलोचना पचाउनै न सक्ने ,बिरोधिहरु देखि न सहने, प्रसंशामा रमाउने यो प्रवृत्तिबाट आन्दोलन को रक्षा सम्भव थिएन। र छैन।
दम्भ ,घमण्ड ,महत्वाकांक्षी शैलीको कारण एशिया मै शक्तिशाली बनेको नेपाल कम्युनिस्ट पार्टी रक्षात्मक अवस्थामा पुगेको छ।२०१५ साल देखि २०७९ को चुनाव सम्म कम्युनिस्ट पार्टीको झण्डा मुनि गोलबन्ध भएको नेपालि जनमतको जसरी नेतृत्वदायी भुमिका खेल्नुपर्ने हो त्यो हुन सकेन। बरु कम्युनिस्ट पार्टी नामका दर्जनौं खुद्रा पसलहरु खोलिए।
२०७९ सम्म राम्रै चलेका यी पसलहरु २ वटा बाहेक सबै बन्द भएका छन् ।यस्तै मति र गति भए… अर्को चुनाव सम्म यी २ वटा पनि बन्द हुने सम्भावना देखिन्छ।जवज मार्ग दर्शक सिद्धान्त मान्दै आफुलाइ सक्षम संसदिय पार्टीको परिचय दिने एमाले र ससस्त्र संघर्श हुँदै शान्तिपूर्ण राजनीति मा समाहित तत्कालीन नेकपा माओवादी पटकपटक रणनीति कार्यनीति तथा नाम फेर्दै नेपाली कम्युनिस्ट पार्टीको रूपमा आइपुगेको छ।
किन चाउरिस खुर्सानी ?आफ्नै राग ले ।भन्ने नेपाली उखान जस्तै आफ्नै कारण कम्युनिस्ट आन्दोलन कमजोर हुदै गइरहेको छ। सैद्धान्तिक र बैचारिक भन्दा प्राबिधिक कारण ले कम्युनिस्ट पार्टी हरु बिभाजन हुनेगरेको हामी पाँउछौ।
जस्तै दरवार लाई कसरी हेर्ने?चीन ,भारत ,अमेरिका आदि देश लाई कसरी हेर्ने?देश भित्रका अरु पार्टी हरु कम्युनिस्ट पार्टी कै भासा मा बुर्जुवा पार्टी हरुलाइ कसरी हेर्ने? नेता को बन्ने?यस्तै यस्तै।
यिनिहरुका आन्तरिक भेला वा बैठक हुन् वा सार्बजनिक एउटाले अर्को पार्टी र नेतालाई सरापी रहेकोे हुन्छ।शब्द पनि गद्दार ,लाल गद्दार ,अवसर वादी दलाल आदि ।
यो तरिकाले आन्दोलन अगाडि बढ्छ त?बढ्दैन।नीति र विचारमा सुधार नेतृत्व को पुस्तानतरण र हस्तान्तरण, साङ्गठनिक संरचना मा परिबर्तन गरेर बदलिँदो परिस्थिति लाई ध्यान दिई नयाँ प्रकारको कम्युनिस्ट एकताको आवस्यकता छ र हुनुपर्छ । म सच्चिए तपाईं सच्चिनु होस् भनेर नेतृत्व तहै बाट सुरुवात गरेर जाने हो भने आगामी निर्वाचनमा नेपालमा कम्युनिस्ट पार्टीको जित सुनिश्चित छ।अन्यथा पतन तिरै जाने देखिन्छ।सच्चिने?वा सक्किने नेतृत्व तहमा रहेका हरुले जानुन।
प्रतिक्रिया