
२१ जुन, मेलबर्नः मेलबर्नको नेपाली मन्दिर परिसरमा बिभिन्न पक्षको सकृय सहभागितामा महोत्सब शैलीमा बार्हौं अन्तरास्ट्रिय योग दिवस भब्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा इशा फाउन्डेशन (सदगुरु) मेलबर्नका तर्फबाट बिजय सिग्देलले योग, ब्रम्ह कुमारी अस्ट्रेलियाका तर्फबाट ध्यान र राज योग सिड्नीदेखि आउनु भएका सीता गुरुंगले गराउनु भएको थियो । योग गरिनुपर्ने कारणहरुका बारेमा ओशोका डा रुपकले प्रकाश पारे भने उर्जा जागरण प्राणायाम जीवन बिज्ञानका तर्फबाट प्रभा श्रेष्ठद्धारा गराइयो ।

योग मुद्राका बिषयमा ग्लोबल सोसाइटी फर पिस एन्ड स्पिरिच्युअल साइन्सका तर्फबाट पार्वती पहारी, हठ योगका सम्बन्धमा ब्रम्ह कुमारी अस्ट्रेलियाका तर्फबाट श्याम तिवारी, ओम योगा एन्ड आयुर्वेद क्लिनिकका तर्फबाट खुशिदिलद्धारा एनसियन्ट आयुर्वेद र मोडर्न मेडिसिनको बारेमा, इमोशनल वेलबिइंगको बारेमा मनोरमा शाहद्धारा प्रस्तुति र अभ्यास गराइएको थियो भने गुरु गोरखनाथको तर्फबाट तेजस्वी गिरीद्धारा प्रत्येकलाई १५-१५ मिनेटको साउन्ड हिलिंग गराइएको थियो ।

कार्यक्रममा क्रेगिबर्न नेपाली पाठशाला र आइन्ट्री नेपाली पाठशालाका छात्राहरुद्धारा नृत्य प्रदर्शन गरिएको थियो भने कार्यक्रममा उपस्थित वालबच्चाहरुको लागि बिभिन्न कृयाकलाप र कलर थेरापी ब्रम्ह कुमारी अस्ट्रेलियाका काजलद्धारा गराइएको थियो ।

अन्जु अधिकारी र आश्मा चालिसेद्धारा सन्चालित उक्त कार्यक्रमको लागि संयोजनकारी भूमिका अस्ट्रेलियन नेपलिज मल्टिकल्चरल सेन्टरका उपाध्यक्ष प्रभा श्रेष्ठको रहेको थियो ।

प्रतिक्रिया