नेपालदेखि दक्षिण भारतसम्म ‘नतिजा’ को युग : बालेन, विजय र शुभेन्दुले बदले इतिहासको पाना

पुराना दलको 'ब्रह्मलुट' र 'गुन्डाराज' अन्त्य : नेपाल, बंगाल र तमिलनाडुमा जनताको विद्रोह

विजय थापा २०८३ वैशाख २७ गते १२:२२ मा प्रकाशित

अहिले दक्षिण एसियाको राजनीतिमा एउटा यस्तो पराकम्प आएको छ, जसले दशकौँ पुराना राजनीतिक साम्राज्यहरूलाई जरैदेखि हल्लाइदिएको छ। नेपालमा ३५ वर्षदेखिको बेथिति र भारतको तमिलनाडुमा ६० वर्ष तथा बंगालमा १५ वर्षदेखिको पालैपालो सत्ता हत्याउने ‘पालो प्रथा’ (सिन्डिकेट) अन्ततः जनताको धैर्यको बाँध फुटेसँगै ध्वस्त भएको छ।

नेपालको चोट र भारतमा त्यसको प्रतिध्वनि:

नेपालको राजनीतिमा फागुन २१ (मार्च ५) एउटा यस्तो भूकम्प सावित भयो, जसले आफूलाई ‘अजय’ ठान्ने पुराना हस्तीहरूको सातो उडाइदियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै गढ झापामा बालेन शाहले ५० हजारको भारी मतान्तरले हराउनु र नेपाली कांग्रेसका सभापति गगन थापा आफ्नै पूर्व- साथी डा. अमरेश कुमार सिंह(विद्या वारिधि)सँग पराजित हुनु केवल एउटा हार होइन; यो त वर्षौँदेखिको कुशासन र भ्रष्टाचार विरुद्ध नेपाली जनताको मौन विद्रोह थियो। नेपालमा कांग्रेस ३८ र एमाले २५ सिटमा खुम्चिनुले ‘नाम’ र ‘घमण्ड’ को राजनीति अब सकिएको सन्देश दिएको छ।

बंगाल र तमिलनाडुमा ‘नेपाली शैली’ को परिवर्तन:

ठिक नेपालकै जस्तो दृश्य भारतका दुई ठूला राज्यहरूमा देखियो। पश्चिम बंगालमा १५ वर्षदेखि ‘दीदी’ को नामले चिनिने ममता बनर्जीलाई उनकै पूर्व-सहयोगी शुभेन्दु अधिकारीले धुलो चटाएका छन्। बंगालमा भाजपाको २९४ मध्ये २०६ सिटको जितले त्यहाँको पुरानो बेथिति ,गुणराज ,सिन्डिकेट र कुशासनलाई बढारेर मिल्काएको छ।

त्यस्तै, तमिलनाडुको दृश्य त अझ रोचक छ। सन् १९६७ देखि डिएमके र एआइए डिएमलेले पालैपालो सत्ता चलाउने जुन सिन्डिकेट थियो, त्यसलाई चर्चित अभिनेता विजयले आफ्नो नयाँ दल ‘टिभीके’ मार्फत ध्वस्त पारिदिएका छन्। जसरी नेपालमा रास्वपाका वरिष्ठ नेता तथा र्बावार्तामं प्रधानमन्त्री बालेन शाहले काठमाडौँ हुँदै देशैभरि नयाँ आशा जगाए, त्यसरी नै कलाकार विजयले तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनको साम्राज्यलाई पराजित गरिदिएका छन्।

समानता: कुशासन र ब्रह्मलुट विरुद्धको भोक:

यी तीनै क्षेत्रका जनताको एउटै पीडा थियो— ,बेथिति, भ्रष्टाचार, गुन्डाराज, महिला असुरक्षा, कुशासन र राजनीतिक सिन्डिकेट। नेपालमा पुराना दलले देश लुटे झैँ, उता बंगाल र तमिलनाडुमा पनि सीमित परिवार र दलको कब्जा थियो। नेपालमा बालेन शाहले राजनीति उथलपुथल पारे झैँ, तमिलनाडुमा पनि नयाँ शक्ति र कलाकार विजयको उदयले ‘परिवर्तनको तीव्र भोक’ मेट्ने प्रयास गरेको छ।

चाहे त्यो राजधानी काठमाडौँको सडक होस् या कोलकताको ब्रिगेड मैदान वा चेन्नईको रंगशाला इन्डोर सन् २०२६ को सन्देश प्रष्ट छ: जनता अब लुटतन्त्र ,भ्रष्टचार,’खोक्रो आश्वासन’ र ‘ऐतिहासिक नाम’ मा होइन, ‘काम र नतिजा’ मा विश्वास गर्छन्।

जसरी नेपाली कांग्रेस,एमाले ,नेकापा जस्ता पुराना वृक्षहरू ढले, त्यसरी नै ममता र स्टालिनको घमण्ड पनि समाप्त भयो। अबको राजनीतिमा जनता नै सर्वशक्तिमान् हुन् र उनीहरूले चाहेमा जस्तोसुकै ‘शताब्दीका महानायक’ लाई पनि बालुवाको महल झैँ ढालिदिन सक्छन् भन्ने तथ्य स्थापित भएको छ।

नेपालमा बालेन शाह प्रधानमन्त्री ,बंगालमा सुभेन्दु अधिकारी मुख्य मन्त्री र बिजय तमिलनाडूमा मुख्य मन्त्री भएका छन् । तीनै जना;लाई देश बनाउने हुटहुटि छ । तीनै जनालाई पूर्णकाल काम गर्ने अवसर दिऔ । प्रतिक्षा गरौ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया