अमेरिकामा कानुन बनाउने नेपाली छोरो : पत्रकार प्रकाश सिग्देलले तयार पारेको भिडियो डकुमेन्ट्रि

इनेप्लिज २०८३ वैशाख २६ गते २२:२५ मा प्रकाशित

मेरिल्याण्ड,
अमेरिकामा बसोबास गर्दै आएका नेपाली समुदायका लागि डा ह्यारी भण्डारी एक परिचित र सम्मानित नाम हो। अमेरिका मेरिल्याड राज्यका स्टेट डेलिगेटका रूपमा सक्रिय भण्डारीले राजनीतिक भूमिका सँगै सामाजिक सेवामा पनि उल्लेखनीय योगदान पुर्‍याउँदै आउनु भएको छ । विशेषगरी, अमरिकाममा रहेका नेपालीहरूको दुःख–सुखमा साथ दिने उहाँको मानवीय पहलले समुदायमा गहिरो प्रभाव पारेको छ। हालका वर्षहरूमा नेपाली समुदायमा व्यापक रूपमा चर्चा हुने विषय भनेको भण्डारीले अमेरिकामा निधन भएका नेपालीहरूको दाहसंस्कारमा पुर्‍याएको सहयोग हो।

उहाँले हालसम्म ४०० बढि मृत शवलाई दाहासंस्कार र नेपाल पठाउने काममा निकै ठुलो सहयोग गर्नु भएको छ । पिडामा परेका परिवारलाई कठिन परिस्थितिमा भण्डारीले दिएको साथको पिडित परिवारले खुलेर प्रशंसा गर्ने गरेका छन् । विशेषतः आफन्त नभएका, आर्थिक रूपमा कमजोर वा प्रक्रियागत जटिलतामा परेका परिवारहरूलाई उहाँले सहयोग गर्दै आउनु भएको जानकारहरु बताउछन् । पत्रकार प्रकाश सिग्देलले डा ह्यारी भण्डारीले गरेका संसदिय र सामाजिक बिषयलाई समेटेर करिव १३ मिनेटको भिडियो डकुमेन्ट्रि निमार्ण गर्नु भएको छ ।

यस्तो छ डा. भण्डारीको कर्म,

प्रतिक्रिया