बालेन सरकारले देशको भूराजनीति कसरी बदल्छ? अमेरिका, चीन र भारतसँगको सम्बन्ध,सरकारको टिकाउपनमा विश्लेषण

इनेप्लिज २०८३ वैशाख २३ गते १०:५२ मा प्रकाशित

नेपालको राजनीतिमा ‘बालेन सरकार’ (राष्ट्रिय स्वतन्त्र पार्टीसहितको उदय) लाई लिएर अहिले विभिन्न बहसहरू सुरु भएका छन्। योहो टेलिभिजनमा बुद्ध छिरिङ मोक्तानसँग कार्यक्रम प्रस्तोता तथा वरिष्ठ अधिवक्ता थानेश्वर काफ्लेले लिएको अन्तर्वाता अन्तर्वार्तामा हो ।

अन्तर्वार्तामा मोक्तानले मुख्य तीनवटा समस्याहरू—सुशासनको अभाव, समावेशिताको कमी र रणनीतिक चुनौतीहरू—बारे चर्चा गरेका छन् । उनका अनुसार अहिले नेपाल सबैभन्दा ठूलो ‘भू-राजनीतिक दलदल’ मा फसेको छ। अमेरिका र चीन जस्ता शक्तिशाली राष्ट्रहरूले नेपाललाई आफ्नो स्वार्थका लागि प्रयोग गर्न खोजिरहेका छन्। अमेरिकाले यहाँ सैन्य स्वार्थ राखेको र चीनले पनि आफ्नो सुरक्षाका लागि चासो देखाएको कारण नेपाल ‘युक्रेन’ जस्तै द्वन्द्वमा फस्न सक्ने डर रहेको उनको तर्क छ।

बालेन सरकारले सुशासन दिने र भ्रष्टाचार रोक्ने वाचा गरे पनि बाह्य दबाब र रणनीतिक कारणले यो सरकारले ५ वर्ष पूरा गर्न कठिन हुने विश्लेषण गरिएको छ। यदि यो सरकार असफल भयो र विदेशी हस्तक्षेप बढ्यो भने देशको अस्तित्व जोगाउन नेपाली सेनाले हस्तक्षेप गर्नुपर्ने अवस्था समेत आउन सक्ने मोक्तानले बताएका छन् ।

प्रतिक्रिया