गीतकार तथा न्यूयोर्कका वरिष्ठ अधिवक्ता बिनोद रोकाको वैवाहिक उत्सवमा सांगीतिक कोसेली: ‘पागल’ गीत सार्वजनिक

इनेप्लिज २०८३ वैशाख २३ गते १०:४२ मा प्रकाशित

गीतकार तथा न्यूयोर्कका वरिष्ठ अधिवक्ता बिनोद रोका र उनकी जीवनसंगिनी मेनुका देवी रोकाले आफ्नो वैवाहिक जीवनको ४२औँ वर्ष सफलतापूर्वक पूरा गरेका छन् । यसै शुभ अवसर गत मे ५, २०२६लाई यादगार बनाउन गीतकार रोकाले “पागल” बोलको एक भावपूर्ण गीत सार्वजनिक गरेका छन् ।

यो गीत केवल मनोरञ्जनका लागि मात्र नभएर जीवनको गहिरो दर्शन र प्रेमको प्रतिकका रूपमा ल्याइएको हो। गीतमा जगदीश समालको स्वर रहेको छ भने शब्द र संगीत स्वयं बिनोद रोकाले तयार पारेका हुन् । राकेश ओलीले यस गीतलाई संगीत संयोजन (एरेन्ज) गरेका छन् ।

बिनोद रोकाले यो सिर्जना आफ्नी पत्नी मेनुका देवी, परिवारका सदस्य, आफन्त र सम्पूर्ण साथीभाइप्रति कृतज्ञता व्यक्त गर्दै समर्पित गएका छन् । उनका अनुसार यो गीतले प्रेम मात्र होइन, बरु मानिसले भोगिरहेका विभिन्न दुःखका कारण र ती दुःखबाट मुक्त हुने आध्यात्मिक बाटोको बारेमा समेत चर्चा गरेको छ।

विशेष गरी, संसारमा सत्य र शान्तिको खोजीमा रहेका ‘दुःखी मन’हरूलाई लक्ष्य गर्दै यो गीत तयार पारिएको हो। यसले जीवनको अन्तिम सत्य र मुक्ति तर्फको यात्रालाई कलात्मक रूपमा बुझाउने प्रयास गरेको छ।

प्रतिक्रिया