अमेरिकामा उभौली साकेला भव्य रूपमा मनाइने

इनेप्लिज २०८३ वैशाख २० गते २३:११ मा प्रकाशित

शेखर राई, न्युह्याम्पसायर, अमेरिका । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) ले यस वर्ष पनि किरात राई समुदायको महान् चाड उभौली साकेला भव्य रूपमा मनाउने भएको छ। संस्थाले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार आगामी मे ३०, २०२६ मा Brimfield, Massachusetts स्थित संस्थाको सांस्कृतिक चुलाघर (माङ्गखिम) तथा साकेला थानमा मुख्य कार्यक्रम आयोजना गरिनेछ।

केन्द्रीय अध्यक्ष समिता राईका अनुसार, अमेरिकाका विभिन्न राज्यहरूमा क्रियाशील च्याप्टरहरूले पनि आ–आफ्ना कार्यक्रम तालिका सार्वजनिक गरिसकेका छन्, जसअनुसार देशका विभिन्न स्थानमा समेत साकेला पर्व मनाइनेछ।

Screenshot

प्रकृति तथा पितृपूजक किरात राईहरूको महान् चाड उभौली साकेला वैशाखे पूर्णिमाबाट प्रारम्भ हुने परम्परा अनुसार, यस वर्ष पर्वको औपचारिक सुरुआत पनि वैशाखे पूर्णिमाकै दिन, अर्थात् अप्रिल ३० मा सम्पन्न गरिएको छ। सो अवसरमा संस्थाका पूर्व अध्यक्ष तथा रिसिमी विष्णु राईले ब्रिमफिल्डस्थित सामूहिक सांस्कृतिक चुलाघरमा मुन्दुमी विधिअनुसार ढोल–झ्याम्टाको पूजा–अनुष्ठान गरी साकेला चाडको शुभारम्भ गर्नुभएको थियो।

उक्त कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा साकेला थान संयोजक मुक्तिनारायण राई, संस्थापक अध्यक्ष शिवकुमार राई, न्यू इङ्गल्यान्ड च्याप्टरका अध्यक्ष कर्ण राई, पूर्व केन्द्रीय अध्यक्ष जयकुमार राई लगायत विभिन्न पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसैबीच, संस्थाले वैशाखे पूर्णिमाकै दिन प्रेस विज्ञप्तिमार्फत यस वर्ष विभिन्न च्याप्टरहरू अन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूको विस्तृत विवरणसमेत सार्वजनिक गरेको जनाएको छ।

Ubhauli Sakela 2026: Chapter-wise Event Schedule (USA)

TAF Chapter
1951 Bear Creek Park, Euless, TX

May 10, 2026 (Sunday)
DMVP Chapter
Patapsco Valley State Park, 6115 River Rd, Elkridge, MD

May 10, 2026 (Sunday)
California Chapter
Kennedy Grove Regional Recreation Area, 6531 San Pablo Dam Rd, El Sobrante, CA

May 16, 2026 (Saturday)
New England Chapter
UKROA Sakela Than, 14 Paige Hill Rd, Brimfield, MA

May 30, 2026 (Saturday)
New York Chapter

June 27, 2026 (Saturday)
स्थल: पछि घोषणा गरिने।

प्रतिक्रिया