
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको नयाँ शान्ति प्रस्तावको समीक्षा गर्ने बताएका छन् । शनिबार इरानी सञ्चारमाध्यम तस्निम न्यूज(समाचार)ले तेहरानले अमेरिका समक्ष १४ बुँदे शान्ति प्रस्ताव पेश गरेको खबर सार्वजनिक गरेको थियो।
फ्लोरिडाको डोरलका लागि प्रस्थान गर्नुअघि पाम बीच अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने , “मैले अहिलेसम्म त्यो प्रस्ताव हेरिसकेको छैन। तर म अब यसको अध्ययन गर्नेछु। मलाई सम्झौताको अवधारणाबारे बताइएको छ, अब म त्यसको पूर्ण विवरण र शब्दहरू हेर्नेछु।”
प्रस्तावको समीक्षा गर्ने बताए तापनि ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत आफ्नो असन्तुष्टि पनि व्यक्त गरेका छन् । उनले इरानको प्रस्ताव स्वीकार्य हुनेमा शङ्का व्यक्त गर्दै लेखेका छन् , “इरानले विगत ४७ वर्षमा मानवता र विश्वलाई पुर्याएको क्षतिको अझै ठूलो मूल्य तिर्न बाँकी छ।”
यसअघि पनि इरान र अमेरिकाबीच परमाणु सम्झौता र विभिन्न प्रतिबन्धका कारण लामो समयदेखि तनाव रहँदै आएको छ।
प्रतिक्रिया