अमेरिकी विशेष दूत सर्जियो गोर र रास्वपा सभापति रवि लामिछानेबीच भेट: नेपालको सुधार यात्रालाई अमेरिकाको प्रशंसा

इनेप्लिज २०८३ वैशाख १९ गते ११:५२ मा प्रकाशित

नेपालको राजनीतिमा आएको नयाँ परिवर्तन र सरकारका योजनाहरूलाई विश्वले निकै चासोका साथ हेरिरहेको छ। यसै सन्दर्भमा, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बीच शनिबार काठमाडौँमा एक महत्वपूर्ण भेटवार्ता भएको छ।

भेटका क्रममा नेपाल र अमेरिकाबीचको पुरानो मित्रतालाई अझ बलियो बनाउने विषयमा कुराकानी भयो। विशेष दूत गोरले नेपालको नयाँ सरकारले अघि सारेका आर्थिक सुधारका योजनाहरूलाई “धेरै आशालाग्दा” भन्दै प्रशंसा गरे । उनले सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै भनेका छन् , “नेपालको नयाँ सरकारसँग परिवर्तनका लागि जनताको ठूलो साथ (जनादेश) छ। हामी आगामी दिनमा नेपालसँग मिलेर काम गर्न निकै उत्साहित छौँ।”

भ्रमणका क्रममा सर्जियो गोरले नेपालको आर्थिक विकास र व्यापार बढाउने विषयमा विशेष जोड दिएका छान । उनले नेपालमा नयाँ प्रविधि भित्र्याउने र व्यापारका अवसरहरू फैलाउने कुरामा अमेरिकी सहयोग रहने सङ्केत गरे ।

बिहीबार बेलुका काठमाडौँ उत्रिएका विशेष दूत गोरले यसअघि नै नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले(विद्या वारिधि) र परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि छुट्टाछुट्टै भेट गरि सकेका छन् । उनले काठमाडौँमा चोरी भएका प्राचीन मूर्तिहरू फिर्ता गर्ने कार्यक्रममा समेत सहभागिता जनाउँदै नेपालको कला र संस्कृतिप्रति सम्मान प्रकट गरेका छन् ।

प्रतिक्रिया