
हिजो अध्यादेश ल्याइएको थियो, आज ल्याउन किन नपाउने? हिजो सरकारलाई काम गर्न सजिलो बनाउनको निमित्त अध्यादेश आवश्यकता पर्यो भने आज आवश्यकता पर्न किन नसक्ने? अध्यादेश भोलि पनि आवश्यक हुन्छ। होइन भने संविधान ८२ भन्ने मृत जिनिसमा किन अंकित गरियो, यसलाई लागू गरिन्न भने अध्यादेशको के प्रयोजन?
अध्यादेश कस्तो नियतले ल्याउन खोजिएको थियो भन्ने कुराको अर्थ त केको निमित्त प्रयोग गरियो त्यसलाई हेरेर, अनुभव गरेर मात्र मुल्यांकन गर्न सकिने छ।
तत्काल आवश्यकता पर्ने अध्यादेशलाई चरणवद्द रुपमा ढिलाई गरिदिने कुनियतले नेपाली काँग्रेसबाट छनोट गरिएकाराष्ट्रपति राम चन्द्र पौडेललाई तत्काल वर्खास्त गर्न महाभियोग लगाउने प्रक्रिया शुरु गरि राष्ट्रपति पद नै निलम्वन गरिनु पर्छ। उपराष्ट्रपति पद समेत खारेज गरि निजहरुले गर्ने कार्य सभामुखको जिम्मामा ल्याइनु पर्छ।
जनहित, राष्ट्रहितको निमित्त गर्न लागिएको कार्यहरु मृत अवस्थामा गैसकेको संविधानका धाराहरु भन्दा शक्तिशाली र व्यवहारिक हुन्छ।
हिजो आफुहरुको हातमा संपूर्ण शक्ति हुँदा पार्टी फुटाउनु पर्दा, राजनैतिक नियुक्ति दिंदा, कसैलाई वर्खास्त गरिंदा, ठेक्का पट्ठा आफ्नालाई बुझाउँदा अध्यादेश आवश्यक हुने तर आज सोही प्रयोजनको निमित्त नयाँ सरकारलाई आवश्यकता पर्दा रोइलो गर्नु सर्वथा अनुचित र यस्तो कार्यलाई सरकारले सुन्नु पर्छ भन्ने नै छैन। वास्तवमा अध्यादेश बेगर नै सरकारी सूचनाको आधारमा सबै राजनैतिक नियुक्तिहरु खारेज गरि नयाँ नियुक्ति दिनु पर्थ्यो। अटेर गर्नेहरुलाई दश वर्षसम्म कुनै पनि कार्यको निमित्त अयोग्य हुने आगामी संसद शत्रमा विधेयक पारित गरिनु पर्छ।

तर यति कुरा चाहिं मनन गर्नै पर्छ, अध्यादेश रबि लामिछानेको ठगी मुद्दा न्यायालय छलेर निमिट्यान्न पार्न, नयाँ नियुक्ति दिएर नयाँ लुट मच्याउन, नातावाद, कृपावादलाई बढावा दिन, सरकारी कोष रित्याएर सहकारी ठगहरुको पैसा राज्यकोषबाट शोधभर्ना गर्न, वा नयाँ नियुक्ति दिंदा खुला प्रतियोगिताको नाममा बेथिति बसाल्न, नेपाली सेनालाई विदेशीको हितमा उपयोगी बनाउने कार्यहरु निर्देशित अध्यादेश ल्याइनु कदापी हुँदैन।
जनताले आफ्नो र देशको भलो गर्न ठूलो अभिमत प्रकट गरेका हुन्। सजाय दिने काम पनि जनताले नै गर्नेछ। अर्थात जनहितको निमित्त काम गर्ने, देशको गौरव बढाउने कार्य गर्न संपूर्णत सरकारले छुट पाउनु पर्छ।
श्री पशुपतिनाथ भगवानले नेपालीको हितको निमित्त आशिर्वाद दिउन्!
जय माता भवानी!!!
विशाल शाह
प्रतिक्रिया