
केन्टकी राज्यको लेक्जिंटन सहरमा एन आर एन ए केन्टकी राज्य समितिले दोश्रो भलिवल प्रतियोगिता सम्पन्न गरेको छ । “स्वास्थ्यका लागि खेल”नाराका साथ आयोजना गरेको खेलमा केन्टकी राज्यमा वसोवास गर्ने नेपाली समूदायका खेलाडी तथा खेलप्रेमीहरुको वृहत सहभागिता थियो । खेलमा विभिन्न संघ संस्था र स्थानिय युवाहरुको सक्रियतामा गठित जम्मा आठ ओटा टिमको सक्रिय सहभागिता थियो। जसमा सुदुर पश्चिम रोयल,कार्की टिम,नास्क लुभिल,त्रिसुल टिम,गण्डकी टिम,एनआरएनए टिम, मास्टर्सनस्टिटेसन टिम, एयुए टिम लगायतका टिमहरुको सहभागिता थियो । खेल लिग कम नकआउटको आधारमा खेलाईएको थियो । खेलमा चुडामणी अवस्थी, लोकेन्द्र चन्द, मोहनी डुम्रे,अमृत कार्की, केशव राज लोहनी, विष्णु डुम्रे, उमेश काफ्ले, संजिव मार्कण्ड, शिव राउत, प्रकाश थापा ,जय मगर, पृथिवी राना मगरले रेफ्रीको भुमीका रहेर खेल खेलाउनु भएको थियो ।

पहिलो दिनको खेलमा प्रतिस्पर्धाका साथै दर्शकलाई खेलको पुर्ण मनोरंजन पनि दिलाएको थियो। भने दोस्रो दिनको खेलको रौनक बेग्लै थियो। उक्त दिन दुवटा सेमीफानल र एउटा फानलको खेल खेलाईएको थियो । विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थितिका साथै खेल प्रेमी दर्शकहरुको बाक्लो उपस्थिति थियो । खेल समयमै समापन भएको थियो। फाईनल खेल कार्की टिम र सुदुर पश्चिम रोयल बीच भएको थियो । जसमा सुदुर पश्चिमले कार्की टिमलाई तिनै खेलमा हराउदै उपाधि आफ्नो हात पार्न सफल भएको थियो । दुबै समूहका खेलाडीहरुको खेल उत्कृष्ट थियो तर पनि सुदुर पश्चिम रोयलको अगाडी कार्की टिमले हार स्विकार्नु पर्यो। प्रथम विजेता टिमलाई १५०० डलरका साथै ट्रफी र खेलाडीहरुलाई प्रमाण पत्र रहेको थियो भने दोस्रो उपाधि जित्ने टिमलाई १००० डलरका साथै ट्रफी र खेलाडीहरुलाई प्रमाण पत्र रहेको थियो। उत्कृष्ट खेलाडीहरुको उपाधिमा वेष्ट लिवेरो बिष्णु डुम्रे,वेष्ट सेटलर पृथिवी राना मगर वेष्ट स्पाईकर जिवन शाही एम भि पी शयला थालंड्गलाई दिईएको थियो । फेयर प्ले भने नास्क लुभिल टिमले हात पार्न सफल भएको थियो । कार्यक्रमलाई आर्थिक तथा अन्य भौतिक सहयोग गर्ने स्थानिय व्यवसायी संघसंस्था र विभिन्न व्यक्तिहरुलाई सम्मान र प्रमाण पत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि NRNA USA का पूर्व उपाध्यक्ष तथा निवर्तमान ICC USA का क्षेत्रीय संयोजक दिलु पराजुली ,विशिष्ट अतिथिमा निवर्तमान ICC सदस्य साम्बा लामिछाने निवर्तमान NRNA Kentucky Chapter का अध्यक्ष तथा NRNA NCC USA का सल्लाहकार सुन्दरमणि पौडेल NRNA Kentucky Chapter का पूर्व अध्यक्ष केशव लोहनी तथा स्थानिय संस्था एन्काका उपाध्यक्ष जनार्दन साह लगायतका पदाधिकारीले विजेता उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई ट्रफी तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो। कार्यक्रमको अध्यक्षता भने एनआरएनए केन्टकी च्याप्टरका अध्यक्ष सेल्वा लामाले गर्नु भएको थियो र कार्यक्रम संस्थाका सचिव सतिश भट्टराईले संचालन गर्नु भएको थियो।


प्रतिक्रिया