क्यानडामा नेपाली सर्जकका पुस्तक प्रकाशनको रजत जयन्तीसंगै विमोचन र सम्मान सम्पन्न

इनेप्लिज २०८३ वैशाख १३ गते २३:३० मा प्रकाशित

१९९२ देखि शुरु भएको पत्रिका प्रकाशन र २००१ देखि शुरु भएको पुस्तक प्रकाशन रजत जयन्तीको उपलक्ष्यमा क्यानडाको टोरन्टोमा साहित्य कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघका नवनिर्वाचित उपाध्यक्ष र साहित्यकार गोपीकृष्ण काफ्लेको उपस्थिति र संचालनमा संचालित कार्यक्रमा कार्यक्रकको औचित्यबारे प्रकाश पार्दै उनले २०१० देखि क्यानडाका नेपाली टोपी ईभेन्ट शीर्षकमा काव्य गोष्ठीे आयोजना गर्दै आएको स्मरण गराउनु भयो । त्यहीँ टोपी ईभेन्ट आज अन्तर्राष्ट्रिय टोपी दिवसका रुपमा अंग्रेजी नयाँ वर्ष जनवरी १ तारिख विश्वभरी मनाउने गरेको बताउनु भयो । कार्यक्रममा डा. गोबिन्दसिंह रावतले २००४ देखि क्यानडामा साहित्यिक संस्थाको स्थापना गराएर साहित्यिक कार्यक्रम गरिदै उत्तरअमेरिका काव्य र साहित्य गोष्ठीको आयोजना भएको स्मरण गराउँदै उत्तरअमेरिकाका कविहरुको कविता पहिलोपटक संग्रहमा प्रकाशित गराएको बस्मरण गराउनु भयो । रावतले क्यानडामा संस्थागत गतिविधिको थालनी १९९१ मा किरण ढुङ्गानाको संयोजकत्वमा नेपाली संस्थाको स्थापना भएपछि शुरु भएको विस्तारै समुदायको गतिविधि बढ्दै गएपछि १९९१ देखि क्यानडामा नेपाली पत्रिका न्युज् लेटर, लाली गुराँश हुँदै १९९२ देखि दियालोका प्रकाशन गराएर ढुङ्गानाले साहित्यिक जग बसाल्ने काम गरेको बताउनु भयो । रावतले क्यानडामा २००१ म पहिलोपटक शोभा भट्टराईको “अन्त्यहीन अन्त्य” उपन्यास प्रकाशित भएपछि त्यसै वर्ष मञ्जुश्री थापाको अंग्रेजी उपन्यास “द ट्युटर अफ हिस्ट्री” प्रकाशित भएको थियो । यसरी नेपाली सर्जकका पुस्तक प्रकाशनले क्यनडामा निरन्तरता पाउँदै गएको र आजको मिति सम्म ५९ नेपाली र १८ अंग्रेजी भाषामा गरी ७७ वटा कृति प्रकाशित भएको जानकारी गराउनु भयो । यो वर्ष क्यानडामा नेपाली सर्जकका पुस्तक प्रकाशनको रजत जयन्ती भएकोले लेखनको निरन्तरताका लागि संघसंस्थाले यस्ता कार्यक्रमप्रति पनि ध्यान दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा किरण ढुङ्गानाको तेस्रो उपन्यास “धमिलिएको परिवेश” को लोकार्पण भएको थियो । कार्यक्रममा यस वर्ष प्रकाशित पुस्तकका सर्जकहरुले आआप्mना पुस्तक लेखनका बारेमा प्रकाश पार्दै इभान शर्मा, राधिका अर्याल र श्रीयांशी ज्ञवालीले आप्mनो लेखनमाथि प्रकाश पार्नु भएको थियो । यस वर्ष प्रकाशित पुस्तकमा डा. सानी थापाले इभान शर्माको पुस्तक – द लिमिटलेस जर्नि फ्रम लिमिटेड टु लिमिटलेस, ९शरीरमा भएको परजीवीसँगको जीवन संघर्षको आत्मकथा० आत्मकथामाथि, डा. तुलसी धरेलले श्रीयांशी ज्ञवालीको स्वैरकाल्पनिक अङ्ग्रेजी श्रृखंला उपन्यास द डार्क आर्ट अफ उन्नेम माथि र डा. रावतले शरद सुब्बाको “बाह्सिङ्गे बाह्सिङ्गे” ९शिकार यात्रासंस्मरण० र क्नेहा शाहको “ अ बिग स्ट्रोम ईन अ लिटल ब्रेन” आफ्नो छोरालाई ब्रेन ट्युमर भएको पत्ता लागेको बेला एउटी आमाको भावनात्मक यात्राको मार्किक एवम् संघर्षमय चित्रणमाथि प्रकाश पानु भएको थियो ।

कार्यक्रममा सोह्र वर्षको उमेरमा “द डार्क सेकरेट अफ उन्नेम” र “ द डार्क आर्ट अफ उन्नेम” दुई स्वैरकाल्पनिक अङ्ग्रेजी उपन्यास श्रृखंला प्रकाशित गराएकी बाल प्रतिभा श्रीयांशी ज्ञवालीलाई गैरआवासीय नेपाली संघका उपाध्यक्ष गोपीकृष्ण काप्mलेले प्रसंशनीय पत्रबाट सम्मान गर्नु भयो । कार्यक्रमको अन्त्यमा अनुप न्योपाने, सुरेश ओली, विवेक ढुङ्गाना, गोबिन्द रावत, गोपीकृष्ण सापकोटा र राधीका अर्यालले कविता वाचन गर्नु भएको थियो ।

प्रतिक्रिया