प्रथम युएसए नेवाः सम्मेलन २०२६: नयाँ पुस्तालाई आफ्नो जरासँग जोड्ने प्रयास!

इनेप्लिज २०८३ वैशाख १२ गते १०:५३ मा प्रकाशित

बाल्टिमोर, अमेरिका — अमेरिकामा बसोबास गर्ने नेपाली नेवाः समुदायको लागि एउटा ऐतिहासिक उत्सव अहिले बाल्टिमोर शहरमा धमाधम भइरहेको छ। प्रथम युएसए नैवा सम्मेलन दुई दिन सम्म चल्ने छ । अप्रिल २४-२५ का दिन आयोजना भै रहेको यो भेला अहिले बिहान ८ः३० बजे देखि औपचारिक रुपमा सुरु हुदैछ । 

वर्ल्ड नेवाः अर्गनाइजेसन युएसए’को आयोजनामा सुरु भएको यो प्रथम युएसए नेवाः सम्मेलन तथा साधारण सभामा सहभागी हुन अमेरिकाभरिबाट नेपालीहरू भेला भएका छन्। साथै जर्मनी र नेपालबाट समेत सहभागीहरुले उपस्थिती जनाएका छन् ।

यो कार्यक्रम अप्रिल २४ देखि २६ सम्म चल्नेछ। यो सम्मेलनको मुख्य उद्देश्य भनेको परदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति र परम्परालाई कसरी जोगाउने भन्ने हो। 

विशेषगरी अमेरिकामा जन्मिएका वा हुर्किँदै गरेका नयाँ पुस्ताका नेपाली विद्यार्थीहरूलाई आफ्नो पुर्ख्यौली भाषा ,सॅस्कृती ,परम्पका र संस्कार सिकाउनु यस कार्यक्रमको एउटा ठूलो लक्ष्य रहेको छ।

अहिले बिहान देखि दिन भरि नै विभिन्न झाकी , बाजा , परम्परागत धिमे बाजा तथा थुप्रै  नेवाः समुदायका कला, भेषभूषा, विभिन्न कार्यक्रमहरु हुने छन् ।

साथै, विभिन्न छलफल कार्यक्रमहरूमा विज्ञहरूले कसरी विदेशमा बसेर पनि नेपालीपन बचाउन सकिन्छ भन्ने बारेमा आफ्नो धारणा राख्ने छन् । साथै अमेरिकाना जन्मिएका युवाहरूका लागि यो एउटा यस्तो अवसर हो, जहाँ उनीहरूले आफ्ना साथीभाइ भेट्ने मात्र नभई नेपालको समृद्ध संस्कृतिलाई नजिकबाट हेर्ने मौका पाउने छन् ।

नेपाल बाहिर यसरी ठूलो संख्यामा नेवाः समुदाय संगठित भएर सम्मेलन गर्नुले अमेरिकामा नेवा समुदायको उपस्थिति र एकता कति बलियो छ भन्ने कुरा प्रमाणित गर्दछ। 

अप्रिल २५ राती यो सम्मेलनको समापन हुनेछ, जसले भोलिका दिनमा नेपाली संस्कृतिलाई विश्वभरि चिनाउन नयाँ बाटो देखाउने विश्वास गरिएको छ।

गत शुक्रवार साझ देखि अनौपचारिक रुपमा विभिन्न कार्यक्रमहरु गरियो जस्मा अमेरिका आएका अग्रज तथा नेवा समुदायको लागि अद्वितिय काम गर्ने बिभिन्न सॅघ/ सॅस्थालाई सम्मान समेत गरियो ।

प्रतिक्रिया