गृहमन्त्रीलाई राजिनामा गर्न षड्यन्त्र गरियो

इनेप्लिज २०८३ वैशाख ९ गते २१:४९ मा प्रकाशित

शान्ति सूरक्षाको खस्किदो अवस्थामा एउटा गृहमन्त्रीले नैतिकताको बहाना गरेर पदबाट राजिनामा दिइसकेपछि उसैलाई छानबिनको ढोंग गरेर फेरि केही हप्तामा फर्काउने खेल गर्नु सर्वथा अनुचित कार्य हो। यस्तो गरियो भने अर्थ मन्त्रालयमा मुसाले तार काट्यो भन्दै त्यही भ्रष्ट मन्त्रीलाई पूनर्नियुक्ति दिएको जस्तो हुनेछ।

नागरिकको सूरक्षासँग संवन्धित मन्त्रालायमा तत्काल गृहमन्त्री नियुक्त गरिनु पर्छ। छानबिनबाट पूर्व गृहमन्त्री सुदन गुरुङ्ग निर्दोष पाइए उनलाई युवा खेलकुद वा खानेपानी मन्त्रालय दिंदा नहुने होइन।

यो दुई जातीय तेली-ब्राह्मण मिश्रित सरकारबाट शुरुदेखि नै भएको एउटा जनजातीको सुदन गुरुङ्गलाई गृहमन्त्री हुन नदिने प्रयास भएकै थियो। अब हुने गृहमन्त्री यहि नश्लवादी चिन्तनको आधारमा नियुक्ति हुने निश्चित छ।

नैतिकताको आधारमा कुरा गर्ने हो भने कुनै पनि व्यक्ति मन्त्री त के सामान्य पदमा समेत नियुक्त हुन सक्दैनन्। स्वयम रास्वपा सभापति रबि लामिछाने कुनै पनि पदमा बस्न मिल्दैन।

नैतिकताको आधार तय गर्दा जघन्य अपराध नगरेको भए त्यसलाई त्यति ठूलो मुद्दा बनाइनु हुँदैन। कुनै पनि पदमा बसेर पदीय दायित्व पालन नगरिए मात्र त्यसलाई दोषी करार गरिनु पर्छ।

नैतिकताकै कुरा गर्ने हो भने सबै पार्टीलाई तथानाम गाली गर्ने, बालेन शाह कसरी प्रधानमन्त्री पदमा आसिन छन् त? नैतिकताको दोहोरो मापदण्ड किन अपनाइएको छ त?

श्री पशुपतिनाथ भगवानले नेपालीलाई नैतिकवान हुने आशिर्वाद दिउन्!

जय माता भवानी!!!

विशाल शाह

प्रतिक्रिया