
नेपाली भाषा, साहित्य र संस्कृतिको उन्नयनका लागि स्वदेश तथा विदेशमा रहेका साहित्यका सारथिहरूको अथक प्रयास जारी छ । नेपाली भाषा संस्कृति र साहित्यलाई विश्वका बिभिन्न देशमा पुगेका नेपाली भाषीहरूले फैलाउनका लागि अवैतनिक दूतको भूमिका निर्वाह गरिरहेका छन् । परदेशको समय त्यसै पनि महँगो छ । परिवारसँगको समयलाई अलिकति छुपाएर, कामको समयबाट आँखा छलेर, निदाउने समयलाई निचोरेर, आफ्नो भोक र प्यासलाई विर्सिएर, सारथीहरू जुटेका छन् । घरको मोर्गेज तिर्ने पैसा साहित्य सम्मेलनमा भाग लिन जाँदा खर्च हुँदा परिवारको मन तम्तम्याइलो हुन्छ । घरको खर्च साँगुरिन्छ । चिया र कफीमा टेरिफ लाग्दछ । नयाँ कपडा र भ्रमणमा हडताल हुन्छ र पनि साहित्यका सेता परेवाहरूलाई उन्मुक्त उडाउने काम रोकिँदैन । भाषा हाम्रो पहिचान हो । संस्कृति र सम्पदाहरू हाम्रा प्राण हुनका मन्त्रोच्चारण गर्दछन् ।
वाङ्मय विमर्श कार्यक्रम पनि तीनै भावनाहरूको प्रतिनिधित्व गर्ने कार्यक्रम हो । तीनै सारथीहरूलाई यस कार्यक्रममा जुटेर विमर्श हुँदैछ । २०२६ अप्रिल २४ तारिख शुक्रबार साँझ ९ बजे उत्तर अमेरिकाको पूर्वीय समय तदनुसार २०८३ वैशाख १२ शनिबार बिहान ६४५ मा नेपाली समयमा अन्तरक्रिया कार्यक्रम हुनेछ । यस कार्यक्रममा निम्न व्यक्तिहरूबाट देहायका विषयमा सम्बोधन हुनेछ । पाँच देखि सात मिनेट भित्रको समय सीमामा रहेर वक्ताहरूले आफ्नो प्रस्तुति पश्चात श्रोता तथा दर्शकहरूका जिज्ञासामाथि सम्बोधन हुनेछ । कार्यक्रममा निम्न व्यक्तिहरूले तपसिलका विषयमा प्रकाश पार्ने कार्यक्रम रहेको छ ।
श्री राधेश्याम लेकाली पूर्व अध्यक्ष अनेसास दक्षिण एशियाको साहित्यमा नेपाली साहित्यको अवस्था)
श्री पदम विश्वकर्मा बिओटी सभापति अनेसास (अनेसासको विश्वव्यापी सञ्जाल र सुदृढीकरणको आवश्यकता
श्री गोवर्धन पूजा निवर्तमान अध्यक्ष अनेसास (अनेसासको भावी नेतृत्व र चाल्नु पर्ने कदम)
श्री सर्वज्ञ वाग्ले अध्यक्ष अनेसास (अनेसासका गतिविधि र नेपाली साहित्यका उन्नयनमा पहलहरू
प्राध्यापक श्री मोहन सिटौला पूर्व अध्यक्ष अनेसास (नेपाली साहित्यलाई विश्वव्यापिकरण अङ्ग्रेजी लेखकहरूको भूमिका )
श्री होमनाथ सुवेदी संस्थापक अध्यक्ष अनेसास (विश्व साहित्यमा नेपाली साहित्यको अवस्था
प्रा डा श्री कृष्ण न्यौपाने प्रमुख केन्द्रीय नेपाली विभाग त्रिविवि नेपालीसाहित्यको पाठ्यक्रममा नेपाली विश्व (डायस्पोरिक ) साहित्य
प्रा डा ध्रुव कार्की प्रमुख केन्द्रीय अंग्रेजी विभाग त्रिविवि अङ्ग्रेजी साहित्यको पाठ्यक्रममा नेपाली विश्व(डायस्पोरिक ) साहित्य
बिश्वभर छरिएर रहेका अनेसासका आजिवन सदस्यहरू, च्याप्टरका पदाधिकारीहरू,साहित्यकारहरू साहित्यानुरागीहरू नेपाली भाषा साहित्य र संस्कृतिको उन्नयनमा लाग्नु भएका समस्त श्रष्टा र द्रष्ट्राहरू, पत्रकारहरू सबैमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।
प्रतिक्रिया