अष्ट्रेलियामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

सुरेन उप्रेती क्यानडा २०८३ वैशाख ५ गते १२:१३ मा प्रकाशित

शनिवार अप्रिल १८ २०२६ का दिन युगकवि सिद्धिचरण विषयक वकतृत्वकला प्रतियोगिता अष्ट्रेलिया महादेशमा सम्पन्न भयो । उक्त कार्यक्रमको आयोजक युगकवि सिद्धिचरण प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय बालसमिति र अनेसास च्याप्टर न्यूसाउथ वेल्सको संयुक्त आयोजनामा भएको थियो । प्रतियोगितामा अष्ट्रेलियाका मेलबर्न सिड्नी पर्थ आदि ठाउँमा बसोबास गर्नै अठार जना बालबालिकाले भाग लिएका थिए । अनेसास केन्द्रको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको प्रतियोगितामा अठार बर्स सम्म उमेर समूहका बालबलिकाले अंग्रेजी र नेपाली भाषामा आफ्ना वक्तव्य प्रस्तुत गरेका थिए । छ वर्षकी सानी नानी सान्भी पाठकले पनि युगकविका बारेमा आफ्ना भनाइहरू सुन्दर ढङ्गले राखेकी थिइन ।

बरिष्ठ गीतकार राजेन्द्र रिजालको प्रमुख आतिथ्य र अनेसास केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्लेको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भयो । अनेसास केन्द्रका महासचिव राजु सिटौलाले कार्यक्रममा आतिथ्यता ग्रहण गर्दै प्राविधि सहयोग प्रदान गर्नु भएको थियो । विष्णु घिमिरे द्वारा सुन्दर ढङ्गले सञ्चालन गरेको कार्यक्रममा अनेसास न्यूसाउथ वेल्सका च्याप्टर अध्यक्ष तथा अनेसास बालसमिति केन्द्रका सल्लाहकार डाक्टर प्रकाश पौडेलले सहभागीहरूलाई स्वागत गर्नु भएको थियो ।

अनेसास केन्द्रीय बालसमितिका संयोजक सुरेन उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा अमेरिकाबाट अनेसास बोर्डअफ ट्रष्ट्रीका उपाध्यक्ष एवम् अनेसास पुरस्कार कमिटीका संयोजक तीर्थराज पाण्डे अनेसासका पूर्व उपाध्यक्ष कुशुम ज्ञवाली र अमेरिकाको क्यालिफोर्निया निवासी डाक्टर टिका लम्सालले निर्णायको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

युगकविको मेरो प्यारो ओखल ढुँगा भन्ने गीतलाई नारायण गोपालको स्वरमा श्रवण गराइएको थियो । कार्यक्रममा आयाम घिमिरे, आरध घिमिरे, प्रशन्न तियारी, आरोग्य गिरी, मिशन भुषाल, श्रेया पौडेल, अचिता तिम्सिना, आयुष्ता तिम्सिना, अभिरूभ बस्ताकोटी, आन्भी बस्ताकोटी, अपशना पराजुली, अरिना नेपाल, सान्भी जोशी, सुविरा लम्साल, वर्दा लम्साल ,आश्मा ताम्राकार, सान्भी पाठक, सनाया श्रेष्ठले भाग लिएका थिए । प्रतियोगितामा प्रसन्न बाबु तिवारी प्रथम, सनाया श्रेष्ठ द्वितीय ,र आशमा ताम्राकार तृतीय भए । प्रथम द्धितिय र तृतियलाई नगद तथा प्रमाण पत्र अनि सहभागिहरूलाई प्रमाण पत्र प्रदान अर्को शनिवार अनेसास न्यूसाउथ वेल्स च्याप्टरको सम्मेलनमा वितर गरिने कुरा सल्लाहकार प्रकाश पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा युगकविकी नातिनी सितु श्रेष्ठले हजुरबा सँगका अनमोल क्षणहरूलाई सुनाउनु भयो ।

बिशिष्ठ अतिथि अनेसास केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेले युगकविका योगदान अप्ठ्यारा परिस्थितिको सामना गर्दै परिवर्तनको विगुलफुक्नाले हामीले आजादी पाएका कुराहरूलाई कविता मार्फत व्यक्त गर्नु भयो । प्रमुख अतिथि राजेन्द्र रिजालले युगकविको कविता वाचन गर्दै योगदानको चर्चा गर्नु भयो । कार्यक्रमको अन्त्यमा अध्यक्ष सुरेन उप्रेतीले सबै अविभावकहरू अतिथिहरू सहभागी बालबालिकाहरू र निर्णायकको भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिनु भयो । बालबालिकाले नेपाली भाषा साहित्य सि्क्नु भनेको हाम्रो पहिचान जोगाएर राख्नु हो । सबै महादेशहरूमा हुने यो वक्ततृत्व कला प्रतियोगिता मे १५मा उत्तर अमेरिकामा हुने कुरा जानकारी दिनु भयो ।

प्रतिक्रिया