
भर्जिनिया, अमेरिका। अमेरिकाको डिसी महानगर क्षेत्रमा नेपाली कला र संस्कृतिको पहिचान बनेको ‘केसी डान्स सेन्टर’ ले आफ्नो नवौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। यो डान्स सेन्टर डिसी क्षेत्रको सबैभन्दा प्रसिद्ध र स्थापित संस्था मध्ये कै एक मानिन्छ। कार्यक्रमको सबैभन्दा विशेष पक्ष यसको समय व्यवस्थापन हो । अमेरिकाभरि हुने नेपाली समुदायका कार्यक्रमहरूमध्ये केसी डान्स सेन्टरले आफ्नो कार्यक्रम ठ्याक्कै तोकिएको समयमा सुरु गरेर एउटा उदाहरणीय परम्परा कायम गरेको छ।

वार्षिकोत्सवको अवसरमा आयोजकले अमेरिकाकै सबैभन्दा लोकप्रिय र बहुप्रतिक्षित कार्यक्रम ‘कलिवुड नाइट २०२६’ को घोषणा गरेका छन्। आगामी सन् २०२६ अक्टोबर ११, आइतबारका दिन यो विशेष साँझ आयोजना हुनेछ। ‘कलिवुड नाइट २०२६’ २०८३ सालको बडा दशैँको पावन अवसर अर्थात् घटस्थापनाकै दिन परेको छ।

संस्थापक द्वय नवीन केसी र लुना श्रेष्ठले स्वागत मन्तब्य राख्दै विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि कार्यक्रम ठ्याक्कै तोकिएको समयमै सुरु हुने जानकारी दिए । उनिहरूले डिसी क्षेत्रका सम्पूर्ण नेपाली समुदायलाई आफ्नो भित्ते पात्रो (क्यालेन्डर )मा यो मिति अहिले नै सुरक्षित राख्न र सो समयमा अन्य कुनै कार्यक्रम नराखिदिनुहुन सम्पूर्ण संघ-संस्था र समुदायलाई विनम्र अनुरोध गरेका छन् ।

बिगत बर्ष झैँ यस पटकको ९ औ वार्षिकोत्सवमा प्रस्तुत गरिएका नृत्यहरू व्यावसायिक कलाकारको भन्दा कम थिएनन्। विशेष गरी अमेरिकामा नै जन्मिएका नेपाली बालबालिका र किशोर-किशोरीहरूको बेजोड प्रस्तुतिले सबैलाई मन्त्रमुग्ध बनायो। बार्षिक उत्सवमा बालबालिका र युवायुवतीहरूको उत्कृष्ट प्रदर्शनले नेपाली कला र संस्कृति दोस्रो पुस्तामा पनि उत्तिकै बलियोसँग सरेको प्रमाणित गरेको छ।

बार्षिक समारोहमा नयाँ परम्पराको सुरुवात:
साथै बिगत बर्ष झैँ यस बर्ष पनि ठीक त्यही समयमै हुने भन्दै यस क्षेत्रका सबै नेपाली समुदायलाई अहिले देखि नै दिन र समय कलिवुड नाइट २०२६ लाई छुट्याउन आग्रह गरिएको छ । सबैलाई आफ्नो भित्ते पात्रो( क्यालेन्डरमा )मा चिन्ह लगाउन संस्थापक केसीले आह्वान गरे ।

कार्यकम संचालक परशु तिमल्सिना तथा नबिन केसीले उक्त समयको सेरोफेरोमा त्यस्ता प्रकारका कार्यक्रमहरु नल्याउन आग्रहको साथै उक्त समयमा कार्यक्रम नराख्न समेत अग्रिम रुपमा सबै संघ/संस्था तथा नेपाली समुदायलाई आह्वान गरेका छन् । साथै यस पटक अझ राम्रा प्रस्तुति लिएर आउने प्रतिबद्धताको साथै अहिले देखि नै यस कार्यक्रमको तयारीमा आयोजक जुट्ने बताईएको छ ।

केसी डान्स सेन्टरको नवौ बार्षिक दिवसमा दीप प्रज्वलन फरक शैलीमा गरियो । पहिलो केसी डान्स सेन्टरमा सिक्दै आएका बिधार्थीहरु मध्ये सबै भन्दा सानो उमेरका बाबु तथा नानीहरुबाट गरियो । साथै अर्को केसी डान्स सेन्टरमै सबै भन्दा लामो समय देखि प्रशिक्षण लिदै आएकालाई अवसर दिदै उनीहरुबाट दीप प्रज्वलन गरियो । यो बर्ष देखि यो नयाँ परम्पराको थालनी गरिएको छ ।

यो बर्ष देखि कार्यक्रममा उपस्थिति जनाउने सबैजना अतिथिहरुलाई नै प्रमुख तथा बिशेष अतिथि भन्दै स्वागत गरियो । यो पनि केसी डान्स सेन्टरमा नौलो अभ्यास गरियो ।

यसै गरि केसी डान्स सेन्टर तथा कलिवुड नाइटलाई बिगत ५ बर्ष देखि लगातार प्रायोजन,सहयोग तथा योगदान दिने सबैलाई सम्मान पत्र ,पदक तथा दोसल्ला ओढाईयो । समाजसेवी बिजया शाहले सबैलाई सम्मान गरेकी थिइन् ।
त्यस्तै विगत ५ वर्षदेखि लगातार सहयोग पुर्याउने सहयोगी, प्रायोजक र योगदानकर्ताहरूलाई पदक र दोसल्ला ओढाएर सम्मान गरियो। समाजसेवी विजया शाहले सबैलाई सम्मान गरेकी थिइन् । कार्यक्रमको सुरुवातमा विद्यार्थीहरूले आफ्नै मौलिक स्वरमा नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएका थिए।

अभिभावकहरूले पनि सेन्टरले नेपाली भाषा र संस्कृति जोगाउन खेलेको भूमिकाको प्रशंसा गर्दै मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन परशु तिमल्सिना र सेन्टरका विद्यार्थीहरूले संयुक्त रूपमा निकै आकर्षक शैलीमा गरेका थिए।
‘कलिवुड नाइट २०२६’ अझ भव्य र परिष्कृत हुने प्रतिबद्धताका साथ आयोजक टोली अहिले देखि नै तयारीमा जुटिसकेको छ।
प्रतिक्रिया