
घान्द्रुक को एक रात
देशको राजधानी बाट पर्यटकीय राजधानी पोखरा को लागि बुद्ध बिमानको २.४० को टिकेट थियो १ बजे विमानस्थल पुगेको १.१० को विमानमा जानुस भने हुन्छ भने उड्यो १.४५ मा २५ मिनेटको उडान बादल माथि कावा खादै आरामले अवतरण भयो। ३७ सालमा ३५० मा पहिलो पटक पोखरा बाट उडेको थिए आज भने ४५ सय यो सस्तो टिकेट पाएको हो। पोखरामा पुम्दी महादेव सारंगकोट धाम र केवलकार बिगत केहि बर्षमा नया भब्य आकर्षण हुन्।
ट्याक्सी सम्बाद
घर कास्की उमेर २८ ट्याक्सी चालक र म। सारंग्कोट बाट अन्नपूर्ण केवलकार बाट झरेर घ्यान्द्रुकको लागि हरिचोक सम्म पुग्दा १५ मिनेटको सम्बाद एउटा जीवन कहानी बाबाले रक्सि खाएर सम्पति सिध्याई दिए। धेरै पढ्न सकिन। गिलास माझ्दा माझ्दै सेफ र बार टेन्डर बने। ढोका ढकढक्याउ चालक र हेभी इकुप्मेंट चालक बने। धेरै पढ्न सकिन। विदेश जान भिषा आएको थियो। बाबाको खुट्टामा क्यान्सर भयो अरु भाइले हेरेनन् मैले नै उपचार र रेखदेख गर्नु पर्यो मेरो भिषा रद्ध भयो। अहिले यो अरुको ट्याक्सी चलाई रहेको छु ,बाबाको उपचारको खर्च ऋण तिर्दै छु बचत केहि छैन। बैंकले हामीजस्ता लाइ बिना धितो ऋणमा ट्याक्सी दिए हुन्थ्यो। उनको इच्छा लगन संघर्षको कथा जस्तै अरु कति युवाको होला। एक अन्जान यात्री र चालक बिचको यो सम्बाद मानबिय समबेदंसिलता मात्र होइन हाम्रो समाजका सिधा युबा हरुको कपट बिहिन मनको उद्गार थियो। घ्यान्द्रुक पहिलो पटक जादै थिए उनि सङ्ग सल्लाह सुझाब र जानकारी लिए र आभार व्यक्त गर्दै “धर्यता र मेहिनतको “फल ढिला मिल्छ राम्रो मिल्छ “धर्यता राख्न ढाडस बिदा भए।

घ्यान्द्रुक बाट देखिने सुन्दर धवलागिरी हिमाल
पहिलो दिन -रहर हो हिमालको काँखमा बसेर बिहानको कफीको चुस्की संगै सुर्योदय लाइ स्वागत गर्ने अभिबादन गर्ने साँझको ह्विस्कीको चुस्की संगै सुर्यास्त लाइ नमन गर्ने आभार व्यक्त गर्ने तर बादलको खल नायकी भूमिका अग्रणी रह्यो। पोखराको सुन्दर फाँट फेवा तालको ताज सारंगकोटको त्यो सांझ सुन्दर भब्य सारंगकोट धाम मन्दिरको दर्शनमा आनन्द लिन अवसर मिल्यो।
त्यहाको साँझको आनन्द लिएर सारंगकोट जुन समुन्द्री सतह भन्दा ८०० सय देखि १३00 सय मिटर उचाइमा छ घुम्दै गर्दा बैध नेपाली भन्दा गिरिजा प्रचण्ड र राचपौका अबैध सन्तान हरुको बाक्लो उपस्थितिले गर्दा त्यहाँ आन्तरिक पर्यटकले खर्चेको अर्थ पनि खोला जस्तै नियति देख्दा भर्खर तातो थकाली खाना खाएको भए पनि मनमा चिसो पस्यो यस्तै क्रम रही रहे हाम्रो झण्डा कहिले सम्म सुरक्षित रहला ? उपत्यकाको गल्लि गल्लि घुम्दा जस्तो देखिन्छ त्यस्तै छ त्यहा पनि अर्थात ६०/७० % गिरिजा प्रचण्ड र राचपौका अबैध सन्तान हरुको बाक्लो बस्ति छ।
सारंगकोट बाट मात्र २८ किमी टाढा रहेको अन्नपूर्ण हिमाल लगायत माछापुछ्रे नजिक बाट देख्न सकिन्छ। पोखरा सहरको केन्द्र बाट २५/३५ मिनेटमा ट्याक्सी मोटरसाइकल वा आफनै कारमा पुग्न सकिन्छ। बर्षातको समय बाहेक सधै रमणीय रहने पोखरा फेवा सारंगकोट पुम्दी महादेव मन्दिर सारंकोट केवलकार होटेल जता फर्के पनि आह आह भानु मन लाग्छयो हो बिहान ५ ३५ को सुर्योदयको दृश्य।

घान्द्रुक जाने भने पछी सारंगकोट बाटैमा पर्यो जहाँ बाट पोखरा उपत्यकाको सुन्दर दृश्य अनि सुर्योदयको त्यो मन मोहक दृश्य आह नेपालमा जन्मनुनै स्वर्गमा जन्मनु हो मरे पछी स्वर्ग जाने कल्पना कि गर्नु पर्छ होला र ?
सारंगकोट को रमाइलो पछी भोलि पल्ट सारंगकोट केवलकार बाट पोखरा झर्न सस्तो छिटो अनि सुन्दर दृश्यपान गर्ने अवसर पनि मिल्छ। केवलकार स्टेसन देखि ८०० नेरु तिरे पछी हरिचौक पोखरा बाट घ्यान्द्रुकको लागि ट्याक्सी मिनी भ्यान जिप उपलब्ध हुन्छ समुहमा जाने भए जिपमा ७ जना प्रत्यकको १ हज्जार रिजर्भ गर्ने भए ६ हज्जार को सूचना पाटि देख्न सकिन्छ। पोखरा विमानस्थल देखिने अति सुन्दर बाटो निर्माण भएको छ। बगर हुँदै बागलुङ्ग सडक झनै सुन्दर छ करिब २५/३० किमी सम्म बिकसित मुलुक भन्दा कम छैन झ्यालमा लुगा सुकाउने र फुटपाथ कब्जा गरि ब्यबसाय संचालनको दृश्य बाहेक सदाका डिभाइडरको बाबजुद इश्वरका अनुपम सृष्टि गाइ कुकुर र अन्य ४ खुट्टे हरुको जोखिमयुक्त यात्रा तर्फ भने ध्यान दिनु पर्ने हुन्छ सवारी साधन कुदाउने रहर गर्दा अनि क्रमस तर अहिले त्यो क्रम टुटे पनि स्वदेशी र बिदेशिएका नेपाली हरुको बाक्लो भिड देख्न सकिन्छ। आफनै यात्रामा पनि अमेरिकाको तिन ठाउ बाट आउनु भएका प्रवासी नेपाली हरु संग भेट भएको थियो।
यो रमणीय स्थल पुग्न पोखरा पोखरा बाट ५० किमि दुरी यात्रा गर्नु पर्छ। पोखरा बागलुङ्ग सडक बाट नया पुल हुँदै उत्तर उकालो उकालो ठाडो उकालो कतै पक्कि कतै कच्ची सडकको ४५ मिनेटको यात्रा पश्चात घ्यान्द्रुक पुग्न सकिन्छ।
घ्यान्द्रुक बीर गोर्खाली भनेर विश्वलाइ चिनाउने गुरुङ्गहरुको सस्कृति एबम आतिथ्यको २००० मिटर भन्दा बढी उचाइमा रहेको सुप्रसिद्ध पर्यटकीय स्थल हो। जुन दिन सम्म नेपालमा राजसस्था थियो त्यो समय सम्म प्रत्यक बर्ष जस्तो तत्कालिन बेलायती राजकुमार चार्ल्सको आफ्नो बिस्वसनिय सुरक्षा गर्ने गोर्खा शेनाको परिवारको बसोबास रहने यो सुन्दर बस्ति घ्यान्द्रुक वरिपरिको पैदल यात्रा हुन्थ्यो। अन्य प्राकृतिक दृश्य झैँ घ्यान्द्रुक पनि सुर्योदय हेर्ने अनुपम स्थान हो। नजिकको धौलागिरीको शिखरमा सुनौलो किरण पोखिदै गर्दाको दृश्य हेर्न अगोल्लो दिन थाकेर अनि ढिला सुते पनि ५ नबज्दै यात्री हरु आफु बसेको होटेलको छतमा वा आँगनमा जम्मा हुन् थाल्छन। सबै दुख भुलेर चिन्ता छोडेर स्वर्गादी आनन्द लिराखेको अनुभूति हुन्छ किनकि सबै खुसि र उन्मुक्त हाँसो पस्कि रहेका हुन्छन।
घ्यान्द्रुकको बिशेष फापर कोदो को ढिडो रोटि र तेलमा पकाएको रोटि को स्वाद अन्य भन्दा फरक हुने नै भयो। जैविक मासु मन पराउने हरुको लागि च्याङ्ग्रो को सुकुटी र कोदोको झ्याइ खट्टे रक्सीले साँझमा थाकेको चिसो शरीर लाइ बिजुलीको झट्का दिन्छ। मस्त निन्द्रा। आधुनीक सुबिधा सम्पन्न होटेल हरु परम्परागत होम स्टे घरहरु ढुङ्गा छापेको गोरेटो उकाली ओराली बाटो बिदेशी स्वदेशी पर्यटकहरुको चहलपहल घ्यान्द्रुक अविस्मरणीय रहन्छ।

नेपालको प्रत्यक कुना सुन्दर छन् आकर्षण छन्। हिमाल पहाड तराइ जता हेर्यो त्यतै बिशेष छन्। रारा खप्तड रिडी रेसुङ्गा स्वर्गद्वारी इलाम जस्ता सुप्रसिद्ध धार्मिक प्राकृतिक ऐतिहासिक स्थान हरु लगायत नेपालको ७१ जिल्ला को माटोको स्पर्श गर्ने काम सक्किएको छ बाँकी क्रमस
Shekhar Dhungel (शेखर ढुंगेल)
सृष्टि कर्ता ले मानिस लाइ दया करुणा सेवा र संबेदनसिल प्राणि वा आफ्नो प्रतिनिधि को रुपमा बनाएको हुन् .तसर्थ जहाँ आबस्यकता देखिन्छ जहिले सम्भावना हुन्छ बिना तर्क बितर्क , बिना आफ्नो पराइ को परिचय बिना फाइदा बेफाइदा को हिसाब ,बिना सुबिधा असुबिधा को बहाना दया भाब देखाई हाल्नु पर्छ सहयोग को हात बढाई हाल्नु पर्छ जहाँ आबस्यकता हुन्छ त्यहाँ आफै लाइ उत्तरदायी वा जिम्मेवार सम्झी सहयोगको हात बढाउनु एक बिबेकसिल आदर्श नागरिक को उदाहरण हुनु हो।
http://katunjedhungel.blogspot.com/

शेखर ढुंगेल पत्रकार/लेखक हुनुहुन्छ
प्रतिक्रिया