इरानको कडा चेतावनी: “हाम्रा पूर्वाधारमाथि हमला भए इजरायलले ठूलो मूल्य चुकाउनुपर्नेछ”

इनेप्लिज २०८२ चैत १७ गते १४:१२ मा प्रकाशित

इरानका विदेश मन्त्री अब्बास अराघचीले इजरायल र अमेरिकालाई कडा चेतावनी दिएका छन् ।

मङ्गलबार सामाजिक सञ्जाल ‘एक्स’ (ट्वीटर) मार्फत सन्देश दिँदै उनले इरानका महत्त्वपूर्ण पूर्वाधारहरू, विशेषगरी औषधि उत्पादन गर्ने कम्पनीहरूमाथि आक्रमण गर्ने इजरायली योजनाको निन्दा गरेका छन् ।

विदेश मन्त्री अराघचीले इजरायलले “निर्लज्ज” रूपमा इरानी औषधि उद्योगहरूलाई निशाना बनाउन खोजेको आरोप लगाएका छन् ।

युद्ध सुरु भएदेखि नै अमेरिका र इजरायलले इरानको पूर्वाधारलाई लक्षित गरिरहेको सन्दर्भमा उनको यो कडा प्रतिक्रिया आएको हो।

उनले  चेतावनी दिँदै भनेका छन् , इजरायलका नियतहरू स्पष्ट छन्। तर उनीहरूले एउटा कुरा बिर्सिएका छन्— इरान कुनै रक्षाविहीन प्यालेस्टिनी नागरिकहरू जस्तो होइन।” 

अराघचीले थप स्पष्ट पार्दै भने इरानको शक्तिशाली सशस्त्र सेना निकै बलियो छ र कुनै पनि आक्रमणकारीलाई कडाभन्दा कडा सजाय दिन सक्षम छ।

प्रतिक्रिया