आँसुले भिजेको ११० लेख तथा समाचारको ‘महागाथा’: ३५ वर्षे लुटतन्त्र बिरुद्ध त्यो अमेरिका देखिको शब्द-विद्रोह

जनताको रोदन र मेरो प्रतिज्ञा

विजय थापा २०८२ चैत १० गते ०:३२ मा प्रकाशित

गत फागुन २१ गते पछि जब चुनावी नतिजाको अन्तिम घोषणा भयो, मेरा आँखाबाट बरबर आँसु खसे। यो केवल खुसीको आँसु थिएन; यो त ती अनगिन्ती दिनरातहरूको प्रतिफल थियो, जहाँ आफूले मातृभूमिको पीडामा आफूलाई जलाएको थिएँ।

आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित देशको नेतृत्व गर्न तयार हुनु, दुई तिहाईलाई २ संख्या कम । तर मेरो लागि केवल एउटा समाचार /लेख मात्र थिएन — यो त मेरो रगत र पसिनाले लेखिएको ११० (एक सय दस वटा )अविरल रुपमा लेखिएका लेख तथा समाचारको ‘महाविजय’ हो। आगामी शुक्रबार बालेन शाहले प्रधानमन्त्री बन्ने छन् ।

रबि लामिछाने र बालेन शाहको लागि ११० वटा लेख कसरी सम्भव भयो ? अमेरिकाको यो व्यस्त जीवन, दिनको ८ घण्टाको यन्त्र जस्तो शारीरिक काम, र त्यसपछिको चरम थकाइ। तर मेरो आत्मा कहिल्यै थाकेन। जब रवि लामिछाने र बालेन शाहले जनकपुरको माटो ढोगेर परिवर्तनको शंखघोष गरे, मेरो कलमले विश्राम लिनै मानेन। तर समाचार लेख्नुअघि जब म सामाजिक सञ्जालका दृश्यहरू हेर्थें, मेरो मुटु टुक्रा-टुक्रा हुन्थ्यो। पर्दामा देखिने ती कारुणिक दृश्यहरू— जहाँ हजारौँ आमाहरू, वृद्ध बुबाहरू र निरास युवाहरू रवि र बालेनलाई समातेर बच्चा झैँ रोइरहेका हुन्थे— ती दृश्यले मलाई कति पटक रुवायो, त्यसको लेखाजोखा छैन। जनताको त्यो आर्तनाद र विवशता देखेपछि म शान्त बस्नै सकिनँ।

समाचार लेख्नुअघि जब म सामाजिक सञ्जालका दृश्यहरू हेर्थें, मेरो मुटु टुक्रा-टुक्रा हुन्थ्यो।

त्यही जनसागरको आँसुले मेरो लेखनीमा ‘आक्रामकता’ र ‘दृढ संकल्प’ भरिदियो। मैले तय गरेँ— अब यी पुराना शासकहरूलाई सत्ताबाट बिदा गर्नैपर्छ। ६० दिनको छोटो अवधिमा ११० वटा विशेष लेख र विश्लेषणहरू तयार पार्दा मैले आफ्नो भावनालाई शब्दको बम बनाएको थिएँ। धेरैले मलाई “अन्धभक्त” भने, “पक्षपाती” भने— तर मलाई कुनै चिन्ता थिएन। म त ती रोइरहेका जनताको आवाज बन्न चाहन्थेँ, जसले रवि र बालेनमा आफ्नो अन्तिम आशा देखेका थिए।

मैले कहिल्यै जिब्रो चबाएर कुरा गरिनँ। जब धेरैले “शंका” गरिरहेका थिए, मैले अमेरिकाबाटै ठोकुवा गर्थे र लेखेँ— “रास्वपाले बहुमत ल्याउँछ र देशमा युवा राज सुरु हुन्छ।” आज १८२ सिटको यो विशाल पहाडले मेरा ती सबै आत्मविश्वासहरूलाई नेपाली जनताले सत्य प्रमाणित गरिदिए । नेपाली जनता अब सचेत रहेको कुरामा दुई मत कुनै रहेन ।

नेपाली जनता अब सचेत रहेको कुरामा दुई मत कुनै रहेन ।

झापा क्षेत्र ५ बाट अपदस्त पूर्व प्रधान मन्त्री केपी शर्मा ओलीको लज्जाजनक हार र गगन थापा जस्ता स्थापित अनुहारहरूको पतन केवल संयोग होइन; यो त आक्रोशित नेपाली जनताले दिएको महासजाय हो। जसले रवि लामिछानेलाई ९ महिनासम्म अदालत र झ्यालखानाको चक्कर लगाएर “खोस्टो” देखाउदै प्रमाण छ भनेको मुद्धाले घोर पराजय भोगे । मै हु भन्ने मध्ये कै ओलीका किल्ला बालुवाको महल झैँ ढले।

यो जीत हरेक नेपालीको हो । अबको ५ वर्ष लुटतन्त्रको होइन, समृद्धिको हुनेछ। ३५ वर्षको फोहोर पखाल्ने यो ‘नीलो आँधी’ ले अब हिमाल, पहाड र तराईका हरेक कुनालाई उज्यालो बनाउनेछ।

यो जीत हरेक नेपालीको हो । अबको ५ वर्ष लुटतन्त्रको होइन, समृद्धिको हुनेछ।

मैले लेखेका ११० वटा लेख /बिशेष समाचार केवल रबि र बालेनलाई समर्पित गर्दै लेखे । आफूले लेखेको समाचार/लेखले मेरो लेखनको इतिहासको पानामा स्वर्ण अक्षरले कोरिएको भन्दा अतिशयोक्ति नहोला । मेरो लागि जीवन भर स्मरण रहने छ ।

गत फागुन २१ को निर्वाचनमा नेपाली जनताले प्रमाणित गरिदिएका छन् कि— जब जनता जुर्मुराउँछन्, तब ठूला-ठूला तानाशाहहरू पनि बालुवाको महल झैँ ढल्छन्। सत्यको जित भएको छ, र हाम्रो देशले अन्ततः आफ्नो असली नेता पाउदैछ ।

यो मेरो लागि अविस्मरणीय रहने छ । रास्वपालाई कम्तिमा २० बर्ष काम गर्ने मौका दिए देशको मुहार पक्का बदलिने छन् ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया