
सुमन आशिषित , मार्च १७, २०२५ मेरिल्याण्ड, अमेरिका
नेपाली स्पिकिङ चर्च अफ बाल्टिमोर, अमेरिकाले गत आइतबार आफ्नै चर्च भवनमा एक स्वागत कार्यक्रमको आयोजना गरी नव आगन्तुक विश्वासीहरुलाई स्वागत गरेको छ ।
हरेक बर्ष, बर्षभरि आएका नयाँ विश्वासीहरुलाई औपचारिक कार्यक्रमको आयोजना गरी स्वागत गर्ने चर्चको बार्षिक कार्ययोजना र पराम्परा अनुसार बर्ष २०२५ देखि हालसम्म आफ्नो चर्चमा आएका नयाँ विश्वासीहरुलाई स्वागत गरिएको हो ।
स्वागत गरिएका नयाँ विश्वासीहरुमा कति चर्चको सुसमचारीय मिशन अनुसार चर्चमा आबद्ध सदस्यहरुबाट सुसमचार सुनाएर आएका विश्वासीहरु, कति, नेपालबाट आएका र कति अमेरिकाको बिभिन्न स्टेटबाट आएका नेपाली तथा भुटानी नेपालीभाषीहरु रहनु भएको थियो ।

कार्यक्रमऔपचारिक रुपमा चर्चका क्वायर टिमका सदस्यहरु ज्योति रिमाल, शितल महर्जन, लिला गुरुङपा. खिना बुढाथोकी, पा. कल्पना श्रेष्ठ र हिकमत बसेलले गीत प्रस्तुत गरेर परमेश्वरको महिमा गरी शुरुवात भएको थियो । जसमा गीतहरु ईश्ववरको राज पहिले खोजी गर, हेरन हेरन, जय होस येशु राजाको बोलको गीत प्रस्तुत गरिएको थियो ।
नेपाली स्पिकिङ चर्च अफ बाल्टिमोरका पा. राजु बुढाथोकीले स्वागत मन्तब्यद्धारा नव आगन्तुकहरुको स्वागत गर्नु भएको थियो । पा. बुढाथोकीले नयाँ र पुराना भन्ने दुरीलाई घटाएर मन्डलीसँगै र सम्पूर्ण विश्वासीसँगको पारस्परिक संबन्धलाई अझै प्रगाढ होस् भन्ने उद्धेश्य अनुरुप यो स्वागत कार्यक्रम गरिएको बताउँदै मन्तब्यद्धारा स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा नेपालबाट आउनु भएका कोननिया चर्च, पाटनका बरिष्ठ पाष्टर डा. मङ्गलमान महर्जन बिशेष अथिति रहनु भएको थियो । जसले परमेश्वरको राज्यमा लामो समयसम्म सेवकको रुपमा काम गरेर एउटा छुट्टै इतिहास निर्माण गर्नु भएको छ । परमेश्वरको असल सेवक पाष्टर महर्जनले बाइबलको बचनहरुलाई उजागर गर्दै कयौं परिक्षा आउँदा पनि ईश्वरको राज पहिले खोजी गर्नु पर्नेमा जोड दिनु भयो । मन्डलीको मुख्य आधार विश्वासी हो र विश्वासी विश्वासी बीचको एकता प्रेम र आपसी संबन्धले ठूलो महत्व राख्ने बताउँदै जस्तो परिक्षा आउँदा पनि आत्मसंमयता नगुमाउन अपील गर्नु भएको थियो ।
तेयसैगरी, मन्डलीका अर्का पाष्टर प्रा. डा मनोज श्रेष्ठले मन्डलीको मुख्य उद्धेश्य बाइबलको पुस्तक प्रेरित १.८ बचन अनुसार मन्डलीको उद्धेश्य रहेको बताउँदै हामी बिभिन्न पृष्ठभूमिबाट परमेश्वरको साक्षी हुन यहाँ आएको छौं ! तसर्थ हामी कतिलाई आ-आफ्नो मन्डलीकै जस्तो स्वाद नमिल्न सक्छ तर पनि सबैले यस मन्डलीको संगतीको रुपरेखा र ढाचाँ अनुसार परमेश्वरको महिमाको स्वाद लिएर परमेश्वरको अटल साक्षी बन्नु हुनेछ भन्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।
त्यसैगरि पा. मनोज श्रेष्ठले जब हामी एक परमेश्वरलाई विश्वास गर्छौ त विश्वब्यापी रुपमा हामी सबै परमेश्वरको परिवारका सदस्य हौ ।
एक परमेश्वरलाई सबैले पिता भन्छौ भने सबै उहाँका छोरा छोरी हौं र त हामी सबै एउटै परिवार हौ । तसर्थ भर्खर आउनु भएकोहरुले आफूलाई एक्लो नसम्झनु होला र अप्ठेरोमा धेरै गर्न त नसकौंला तर सकेको केही न केही गर्ने छौं किनकी हामी सबै एक परिवार हौं भन्दै नयाँ आगन्तुकलाई अभिभावकीय रुपमा ढाडस दिनु भएको थियो ।
कार्क्रममा नव आगन्तुक सदस्यहरुले आ-आफ्नो परिचय सहित गवाई, प्रभुबाट प्राप्त आशिष र मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
नव आगन्तक विश्वासीहरुमा अम्बर राउत, क्षितिज मगर, ज्ञान माया परियार, नबिन परियार, ज्योति सारु, इशहाक थापा मगर, सीता थापा मगर, सियान्सन थापा, एथेल थापा, जेन तामाङ, लक्ष्मी घमाल, सुष्मा सुब्बा, उजेली रामदाम, यमुना मगर, योगेन्द्र मान तिलिजा, श्रेया तिलिजा, अक्शा थापा, अनिता थापा र कुमारी बिश्वकर्मा रहनु भएको थियो ।
कार्यक्रममा मन्डलीका अग्रज तथा उपस्थित सम्पूर्ण सहभागी सदस्यहरुले आफ्नो परिचयसहित नव आगन्तुकलाई मन्तब्यद्धारा स्वागत गर्नु भएको थियो । पा. मङगलमान महर्जन, पा. मनोज श्रेष्ठ, पा. राजु बुढाथोकी, पा. खिना बुढाथोकी, पा. कल्पना श्रेष्ठ, डिकनहरु अर्जुन हमाल, रबिन रिमाल, सु्र्योदय तिम्सिना, प्रकाश शाही, डेभिड चटौतका साथै अन्य मन्डलीका बिभिन्न क्षेत्र रहेका काम गर्ने अन्य उपस्थित अगुवा सहअगुवाहरु ज्योति रिमाल, पुनम शाही, हेमन्त तिमिल्सिना, ज्योति के.सी, चन्दा तिम्सिना, हिक्मत बसेल, रायल बुढाथोकी, जेम्स बुढाथोकी, लिला गुरुङ, सुमन आशिषित, बिकास सुनुवार, ज्ञान राई, सागर महर्जन, रतिना श्रेष्ठ, दिप्सन पोखरेल, राजेन्द्र सेन्चुरी, तुला राई, सच्चा राई जसबीर कुमाल आदिले स्वागत गर्नु भएको थियो भने उक्त कार्यक्रमको संचालक मन्डलीका डिकन अर्जुन हमाल गर्नु भएको थियो ।
फोटोग्राफर : ज्ञान राई / सागर महर्जन
प्रतिक्रिया