अलबिदा ! वृन्दा,ममता ! भावपूर्ण श्रद्धाञ्जली !

इनेप्लिज २०८२ चैत ३ गते १९:१७ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्समा भएको हृदयविदारक घटनामा ज्यान गुमाएका छोरी ममता थापा आमा वृन्दा थापालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । उक्त श्रद्धान्जली कार्यक्रम मै खुँडा प्रहार गरि ज्यान लिने पिता तथा ममताका स्व पिता छत्र थापालाको शव बाकसलाई पण्डितले केही बिधि समाप्त गरे लगत्तै उनको शव बाकसलाई पहिले चितामा लागिएको थियो ।

ममता र वृन्दा थापाको स्मृतिमा मंगलबार ,मार्च १७, २०२६ का दिन भर्जिनिया राज्यको स्यानटिली शहरस्थित शवदाह गृहमा अन्तिम श्रद्धाञ्जली सभाको आयोजना गरिदै सदाको लागि बिदा गरियो । अब दुवै जना कहिले नआउने गरि सदाको लागि बिलय भएका छन् । उनीहरु अर्कै लोकमा प्रवेश गरेका छन् ।

उक्त श्रद्धान्जली सभामा समुदायको निकै भिड रहेको थियो भने अन्तिम संस्कार गर्दा वातावरण निकै भाबुक बन्न गयो।

पण्डितले विधिपूर्वक हिन्दु परम्परा अनुसार अन्तिम दाह संस्कार गरे लगत्तै ममता र वृन्दा शवलाई जलाउन अघि राम राम सत्य हो भन्दै अन्तिम संस्कार गरिने कक्षमा लगियो । त्यहाँ उपस्थित सबैले पुष्पगुच्छाद्वारा श्रद्धान्जली अर्पण गरेका थिए । समयको चापलाई मध्य नजर गर्दै केही सीमित व्यक्तिहरुले बोलेका थिए ।

श्रद्धान्जली र अन्तिम संस्कार बिहान १०:०० बजेदेखि १२:०० बजेसम्म रहेको थियो । श्रद्धान्जली सभामा ममता थापाका पति सन्तोष बस्नेत निकै भाबुक बने । उनले आफ्नी पत्नीलाई पुष्प गुच्छा,पोते ,सिन्दुर ,साडी लगायत शवबाकसमा राख्दै अन्तिम बिदा गरे । उनले फेयरफ्याक्स प्रहरीलाई बिशेष धन्यबाद दिए । साथै उनले उपस्थित सबैलाई कृतज्ञता व्यक्त समेत गरे । उनले बोल्दै गर्दा उनको बाक्य नै आएन र भाबुक हुदै आफ्ना कुरा टुंग्याए ।

त्यस्तै सन्तोष बस्नेतकी काका/ठुलो बुवा अर्थात् कजिन दिक्षा बस्नेतले सबैलाई धन्यबाद दिदै गर्दा उनी पनि भाबुक बनिन् । श्रद्धान्जली सभामै उनले ममताको १७ महिनाको बालक समेत ल्याएकी थिइन् ।

ममताको मृत्यु पछि उनले नै बालकलाई हेरचाह गर्दै आएकी छन् भने उनि क्यालिफोर्नियाबाट यसै दुखद घटना पछि कामबाट बिदा लिएर केही हप्ता देखि भर्जिनियाकी सेन्टरभिल शहरमा बस्दै आएकी छन् ।

त्यस्तै गैर आवासीय नेपाली संघ भर्जिनिया शाखाको तर्फबाट सुरेश अधिकारी,फेयरफ्याक्स काउन्टी प्रहरी ,ममताकी बिदेशी साथी लगायत समाजसेवी प्रभा भट्टराई देउजाले कार्यक्रम संचालन गर्दै उनले पनि सबैलाई धन्यबाद दिइन् । उनि पनि पटक पाक बोल्दै गर्दा भाबुक बनिन् ।

३३ बर्षिय ममता थापा र ५२ बर्षिय वृन्दा थापाको ज्यान फेब्रुअरी महिनाको अन्त्यतिर गएको थियो । उक्त घटनामा आमाछोरीको निधन भएको थियो ।

आज भएको श्रद्धान्जली सभामा उपस्थित सबैले पीडित परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् र दिवंगत आत्माको चीर शान्तिको कामना समेत गरे ।

ईनेप्लिज परिवार उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ ।

प्रतिक्रिया