मध्यपूर्वमा तनाव चुलियो: यूएई र कतारमा इरानी क्षेप्यास्त्र तथा मानव रहित यानको भीषण आक्रमण

इनेप्लिज २०८२ चैत २ गते १६:४९ मा प्रकाशित

यूएईको रक्षा मन्त्रालयका अनुसार सोमबार इरानबाट प्रहार गरिएका ६ वटा प्राक्षेपिक क्षेप्यास्त्र( ब्यालेस्टिक मिसाइल) र २१ वटा मानव रहित यान(ड्रोन)लेसंयुक्त अरब इमिरेट्स (यूएई) लाई निशाना बनाएका छन्। 

यसै गरि अमेकिकाले इरानका बिभिन्न स्थलमा भिषण आक्रमण गरेको जनाएको छ ।

मन्त्रालयले युद्ध सुरु भएयता हालसम्म कुल ३०४ प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल)१५ पोतबिहार क्षेप्यास्त्र(क्रूज मिसाइल )र १,६२७ मानव रहित यान(ड्रोन )आक्रमणको सामना गरिसकेको जनाएको छ। यी घातक आक्रमणहरूमा परी दुई सैनिकसहित सात जनाको मृत्यु भएको छ।

यसैबीच, कतारको राजधानी दोहामा पनि विस्फोटका आवाजहरू सुनिएको छ। कतारको गृह मन्त्रालयले आक्रमणको पुष्टि गर्दै नागरिकहरूलाई तत्काल नजिकैको सुरक्षित स्थानमा जान आग्रह गरेको छ। 

त्यसैगरी, जेरुसेलम र आसपासका क्षेत्रमा पनि इरानबाट आउँदै गरेको क्षेप्यास्त्र(मिसाइल)को चेतावनी दिने सॅकटकालिन आवाज(साइरन)हरु बजेका छन्। 

प्रतिक्रिया