भर्जिनियामा भएको हृदयविदारक घटनामा ज्यान गुमाउनु भएका छोरी ममता तथा आमा वृन्दा थापाको श्रद्धाञ्जली सभा गरिने

इनेप्लिज २०८२ फागुन ३० गते १९:५८ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्समा भएको हृदयविदारक घटनामा ज्यान गुमानु भएका छोरी ममता थापा तर्थ आमा वृन्दा थापाको श्रद्धाञ्जली सभा गरिने भएको छ ।

गएको फेब्रुअरी महिनाको अन्त्यतिर भएको यो घटनामा आमाछोरीको निधन भएको हो। उहाँहरूको असामयिक निधनले परिवारमा मात्र नभई सम्पूर्ण समुदायमा नै गहिरो शोक छाएको छ।

ममता र वृन्दा थापाको स्मृतिमा आगामी मार्च १७, २०२६ मा भर्जिनिया राज्यको स्यानटिली शहरस्थित ‘डाइरेक्ट क्रिमेसन सर्भिसिज अफ भर्जिनिया’मा उहाहरुको अन्तिम श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ।

बिहान १०:०० बजेदेखि १२:०० बजेसम्म हुने यो कार्यक्रममा उहाँहरूका आफन्त, साथीभाइ र समुदायका व्यक्तिहरू उपस्थित भएर उहाँहरूको आत्माको शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्नेछन्।

यो कठिन घडीमा पीडित परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् र दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछौँ। यस्ता दुःखद घटनाले परिवारलाई मात्र होइन, समाजलाई नै स्तब्ध बनाउँछ। हामी सबै उहाँहरूको सम्झना प्रार्थना गरौ ।

ईनेप्लिज परिवार उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ ।

प्रतिक्रिया