भर्जिनियामा हाँसोको फोहरा: ‘हास्छ अमेरिका’ कार्यक्रमको धमाकेदार प्रस्तुति हुँदै

लोकप्रिय नेपाली कलाकारहरू अब अमेरिकामा:सपरिवारलाई मनोरञ्जनको अवसर

इनेप्लिज २०८२ फागुन ३० गते १४:३३ मा प्रकाशित

अहिलेको व्यस्त र तनावपूर्ण जीवनशैलीमा मानिसहरू तनावमुक्त हुन मनोरञ्जन खोजिरहेका हुन्छन्। यही आवश्यकतालाई ध्यानमा राख्दै, नेपाली दर्शकहरूलाई भरपूर मनोरञ्जन दिनका लागि एउटा विशेष हाँस्य कार्यक्रम हास्छ अमेरिका आयोजना हुने भएको छ ।

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने यो कार्यक्रममा नेपालका चर्चित हाँस्य कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। यस कार्यक्रममा सुमन कोइराला (माइकल), कैलाश कार्की (भिकारी), सुमन कार्की (कार्किनी भाउजु), मेक्सम गौडेल (गौडेली माइजू) र भरत मणि पौडेल (घर बेटी बा) जस्ता लोकप्रिय कलाकारहरू एकसाथ मञ्चमा देखिनेछन्।

यी कलाकारहरूले आफ्नो अभिनय र हाँस्य शैलीले दर्शकहरूलाई हँसाउन पक्कै पनि कुनै कसर बाँकी राख्ने छैनन्।

यो भव्य कार्यक्रम आगामी मार्च २१ गते, शनिबार हुनेछ। कार्यक्रम स्थल सेन्टरभिल हाई स्कूल (माध्यमिक बिद्यालय)क्लिफ्टन, भर्जिनिया रहेको छ। आयोजकका अनुसार दर्शकहरूका लागि साँझ ७:०० बजे ढोका खुल्नेछ।

टिकटको मूल्य सामान्य प्रवेशका लागि ४५ डलर र बिशेष (भिआइपी)प्रवेशका लागि १०० डलर तोकिएको छ। यो कार्यक्रम विशेष गरी नेपाली समुदायका लागि मनोरञ्जनको एउटा राम्रो अवसर हो।

कार्यक्रमलाई व्यवस्थित बनाउन ‘थ्री ई इन्टरटेनमेन्ट’ ले व्यवस्थापन गरिरहेको छ भने ‘फेम नेपाल’ ले यात्रा संयोजन गरिरहेको छ। साथै, ‘अनेस्ट रियल स्टेट’ को यो प्रस्तुती हो भने भरत सुवेदीले यस कार्यक्रममा मुख्य प्रायोजकको भूमिका निर्वाह गरेका छन् ।

यदि तपाई र तपाईका आफ्नो परिवार र साथीभाइसँग हाँसोले भरिएको एक अविस्मरणीय साँझ बिताउन चाहनुहुन्छ भने, यो कार्यक्रम छुटाउनु हुदै हुदैन ।

थप जानकारी र टिकटका लागि विज्ञापनमा दिइएका सम्पर्क संख्या (फोन नम्बर)हरूमा सम्पर्क गर्न सक्नुहुन्छ।

प्रतिक्रिया