प्रवास सम्पर्क समिति भर्जिनियाको आयोजनामा रेस्टनको मनोरम स्थलमा बनभोज कार्यक्रम हुदै

इनेप्लिज २०८२ फागुन २९ गते ०:०७ मा प्रकाशित

भर्जिनिया, अमेरिका। अमेरिकाको डि.सी.महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई एउटै सूत्रमा बाँध्ने र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यका साथ आगामी मार्च २२ तारिख, आइतबारका दिन एक भव्य बनभोज कार्यक्रमको आयोजना गरिने भएको छ। प्रवास सम्पर्क समिति, भर्जिनिया च्याप्टरद्वारा आयोजित यो ‘स्प्रिङ पिकनिक’ (वसन्त ऋतुको बनभोज) भर्जिनियाको प्रसिद्ध लेक फेयरफ्याक्स पार्क(ताल )मा सम्पन्न हुनेछ।

समितिले जारी गरेको सूचना अनुसार, कार्यक्रम बिहान ८:०० बजे सुरु भई साँझ ७:०० बजेसम्म चल्नेछ। यो बनभोजमा डि.सी., मेरील्याण्ड र भर्जिनिया क्षेत्रका नेपालीहरूलाई सपरिवार सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ। व्यस्त जीवनशैलीका बीच नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू बीच भेटघाट गर्ने, आपसी परिचय साट्ने र नेपाली मौलिक स्वादका साथमा रमाइलो गर्ने यो एउटा महत्त्वपूर्ण अवसर हुने आयोजकको विश्वास छ।

कार्यक्रममा सहभागी हुनका लागि प्रति व्यक्ति १५ डलर शुल्क तोकिएको छ, जुन नगद मार्फत संकलन गरिनेछ। व्यवस्थापनलाई सहज बनाउनका लागि इच्छुक सहभागीहरूले मार्च १८ भित्रै आफ्नो नाम दर्ता गरिसक्नुपर्नेछ।

स्थानीय मनोरंजन ताल तथा उद्यानको प्राकृतिक सौन्दर्यका बीच सञ्चालन हुने यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नै गाउँ-घरको याद दिलाउने र समुदायलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

थप जानकारीका लागि ७०३-७३२-४४६९ वा ५७१-५९८-७४८९ मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया