
मार्च महिनाको ७ तारिख शनिवार एक सय सोह्रौँ अन्तर्राष्ट्रिय महिला दिवस तथा छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन एटलान्टाको जर्जियामा भयो । सम्मेलनको पहिलो दिन अनौपचारिक कार्यक्रममा पाहुनाहरूलाई स्वागत गर्ने र सन्ध्याकालिन भोजन सहित भेटघाट कार्यक्रमहरू भएका थिए ।
दोश्रो दिनको कार्यक्रमको अध्यक्षता उर्मिला निर्दोसीले गर्नु भएको थियो। कार्यक्रमका अतिथिहरूलाई आसन ग्रहण गराउँदै अनेसास केन्द्रकी कोषाध्यक्ष तारा अधिकारीले सञ्चालन कार्यक्रमको शुरूवात गर्नु भयो । मार्च ६ तारिख देखि ८ तारिख सम्म हुने यो कार्यक्रम बिहान दस बजेबाट शुरू भयो ।
कार्यक्रमका प्रमुख अतिथि अमेरिकी सिनेटर शेख रहमान द्वारा पानसमा दीप प्रज्वलन गरी समुद्घाटन भयो । समुद्घाटन पश्चात मन्तव्य दिँदै सिनेटर श्री शेख रहमानले यो क्षेत्र भनेको सय भन्दा बढी देशका मानिसहरूको बसोवास रहेको कुरा जानकारी गराउँदै आफ्नो भाषा साहित्य र संस्कतिलाई जोगाएर राख्नु पर्ने कुरा बताउनु भयो ।
आफू बङ्गला देशबाट आएको लगभग चारदशक पुग्न लागेको स्मरण गर्दै आफ्ना छोरा र छोरीले चार पाँच भाषा बोल्ने गरेको कुरा बताउनु भयो । वंगाला देशमा बसोबास गरेका आफन्तका छोराछोरी भन्दा राम्रो बङ्गाली बोलेको देखेर सबै चकित परेको कुरा बताउनु भयो । हामीले हाम्रो भाषा बिर्सियौँ भने पहिचान गुमाउने छौ । शुरुमा सिकाउन गाह्रो होला तर सानैमा भाषा सिके भने छिट्टै सिक्न सक्नेछन् ।
आमाहरूले भाषा सिकाउने हो भने बच्चाले पनि छिट्टै सिक्नेछन् । नेपाली संघ संस्थाको योगदानको बारेमा चर्चा गर्दै महिला साहित्य सम्मेलन महत्वपूर्ण रहेको कुरा बताउँदै कार्यक्रम सफल रहोस भन्ने शुभकामना दिनु भयो । समाजिक अभियन्ता ग्लोबल नेटवर्ककी रमा बुढाथोकीले सिनेटर रहमानका मन्तव्यलाई अनुवाद गर्ने जिम्मेवारी निर्वाह गर्नु भयो । कार्यक्रममा महिलाहरू द्वारा लिखित सिर्जनामा नारी प्रमुख अतिथि र अतिथिहरूबाट पुस्तक लोकार्पण भयो।

कार्यक्रमको अतिथि आशन ग्रहण र स्वागत पश्चातको सञ्चालन केन्द्रीय सदस्य शकुन ज्ञवालीले गर्नु भएको थियो । दोश्रो दिन तीन चरणमा भएको यो कार्यक्रमको सुरुवातमा साना दुई बालबालिका अंशल तिमिल्सिना र कृति तिमिल्सिनाले ॐ
स्वस्ति बृद्धश्रवा । स्वस्ति न:पूषा विश्ववेदा वाचन गरेर सुनाएका थिए ।
तत्पश्चातबिभिन्न संघ संस्थाहरूबाट कार्यक्रमका स फलताका लागि शुभकामना दिनु भयो ।शुभकामना दिनेहरूमा एनआरएनए जर्जिया च्याप्टरका अध्यक्ष कपिल शरण वाग्ले,नेपाली संस्कृति केन्द्रका अध्यक्ष राजु थापा ,नेपाली असोसिएशन अफ जर्जियाका अध्यक्ष बिरेन्द्र केसी , मदेशी एशोसिएसन इन अमेरिकाका अध्यष रोविन सिँह, जय\ नेपाल सामाजिक संस्था एटलाण्टाका जर्जियाका अध्यक्ष धर्मराज घिमिरे, मेरिएट्टा समाजका अध्यक्ष भविन्द्र बस्नेत, अनेसास जर्जियाका संस्थापक अध्यक्ष चेतनाथ घिमिरे , नेप्लिज एसोसिएसन इन साउथइष्ट अमेरिकाका अध्यक्ष बिध्या गुरूङ ,एनआरएनए अमेरिकाका सिनियर भाइस प्रेसिडेण्ट सन्तोष पहाडी, सामाजिक अभियन्ता प्रल्हाद पन्त, अन्याका अध्यक्ष संजय श्रेष्ठले ,अनेसास बोर्डअफ ट्रष्ट्रीका सभापति पदम् विश्वकर्मा, अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले ,अनेसासका अनेसासका बरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी, महासचिव राजु सिटौला ,अनेसास बिओटी सल्लाहकार मुक्तकमणी तीर्थ अधिकारी, बोर्डअफ ट्रष्ट्रीका उपाध्यक्ष तीर्थ पाण्डे , पूर्वमहासचि एवंम अनेसास बालसमितिका केन्द्रिय संयोजक सुरेन उप्रेती, अनेसासका न्यूयोर्कका पूर्व अध्यक्ष लक्ष्मी श्रैष्ठ, अनेसास मिजौरी च्याप्टरका सल्लाहकार एवंम पूर्व अध्यक्ष बलराम पन्थी, अनेसासका केन्द्रिय कोषाध्क्ष तारा अधिकारी, केन्द्रीय सदस्य तारा उप्रेती, सकुन ज्ञवाली , अनेसास महिला बिभागकी पूर्व संयोजक तथा सल्लाहकार भारती गौतम, अनेसासका विजयराज अधिकारी ,अनेसास न्यूयोर्का पुर्व उपाध्धक्ष शान्ता घिमिरे अधिकारी , ज्योति अधिकारी सिकागो, क्यानटकी च्याप्टरका अध्यक्ष बद्री दाहाल अनेसासका हयूष्टका उपाध्यक्ष साधना शर्मा आदिले शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा भिडियो सन्देश मार्फत शुभकामना दिनु हुनेमा अष्टेलियाको राजधानी क्यान्वेरा च्याप्टर अध्यक्ष महता घिमिरे चापागाई, अनेसास फ्रान्सका अध्यक्ष प्रशान्त उप्रेती, जर्मनीका अध्यक्ष सुजाता घिमिरे राउत, अनसास मध्यपूर्व कतारका पूर्व अध्यक्ष एवंम सल्लाहकार प्रेम भट्टराई ,अनेसास बेलायतका अध्यक्ष राज श्रेष्ठ ,अनेसास नर्वेका अध्यक्ष राजेश साप्कोटा, अनेसास पोलेण्डका अध्यक्ष सुसुन परियारले अनेसासका सल्लाहकार हिक्मत थापाले अफ्रिकाबाट भिडियो सन्देश दिनुभएको थियो ।

कार्यक्रममा एवम् कार्यक्रमलाई गोल्डन स्पोन्सर गर्नु हुने समाज सेवी डाक्टर प्रल्हाद पन्त एवम् उहाँकी पत्नी बिन्दु पन्तलाई दोशल्ला तथा ताम्र पत्र प्रदान गरी सम्मान गरेको थियो ।
त्यस्तै अनेसास जर्जिया च्याप्टरका संस्थापक अध्यक्षचेतनाथ घिमिरेलाई र जर्जिया च्याप्टरका अध्यक्ष मिरा कोइरालालाई पनि ताम्र पत्र प्रदान गरी खादा लगाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा डाक्टर संजिव साप्कोटाका बुवा जो नेपालका बिभिन्न जिल्लामा जिल्ला प्रमुखको भूमिका कुशलता पुर्वक निर्वाह गर्नु भयो ।
उहाँका बारेमा बिभिन्न कर्मचारी र शुभचिन्तकहरूले लेखिएको पुस्तक Extraordinary Life of a District Administrator हेमराज साप्कोटा पुस्तक लोकार्पण भयो । त्यस्तै गरी अनेसास केन्द्रकी सदस्य तारा उप्रेतीको A book by Tara Upreti MY Life so Far को अतिथिहरूबाट लोकार्पण भयो ।

मध्यान्नको भोजन पश्चात भएको दोश्रो चरणमा कविता वाचन कार्यक्रममा भएको थियो । कविता वाचन गर्नेहरूमा अम्विका लोहनी, शान्ता घिमिरे अधिकारी, लक्ष्मी श्रेष्ठ, तारा अधिकारी, ज्योती अधिकारी उर्मिला निर्दोषी, भारती गौतम तारा उप्रेती, डाक्टर थोमस बास्तोला, बिष्णु पंज्ञानी, डाक्टर राम सिग्देल मुना आचार्य, सिता अधिकारी, रमा बुढाथोकीले तारा अधिकारीको मभित्रको म कविता संग्रहको सपनिमा आमासँग कविता वाचन गरेर सुनाउनु भयो ।
त्यस्तै क्यान्टकी च्याप्टका सचिव जीवन निरौलाले दुईवटा गजल वाचन गर्नु भयो । कविता वाचन कार्यक्रमको संचलन अनेसास ह्यूस्टन च्याप्टरकी उपाध्यक्ष साधनाशर्माले गर्नुभएको थियो । कार्यक्रममा सिकागोबाट आउनु भएकी पूजा कुँवर थापाले आफ्ना शसुरा बुबा नगेन्द्र थापाज्यूको सम्मानमा अनेसासको आजिवन सदस्य लिनु भयो ।

तेश्रो चरणमा कार्यपत्र प्रस्तुत कार्यक्रम रहेको थियो । सिक्किम भारतबाट प्राध्यापक डाक्टर कविता लामा द्वारा विश्वमञ्चमा नेपाली नारी नयाँ पुसेतका लागि सिर्जनाशक्ति जुममार्फत प्रस्तुत गर्नु भएको थियो ।
आफ्नो कार्यपत्र प्रस्तुत गर्दै डाक्टर लामाले विश्वमा भएको विसंम्परिस्थिले आउन नपाएकोमा दुख व्यक्त्त गर्दै कार्यक्रम भव्यता पूर्वक सफलताका लागि शुभकामना व्यक्त गर्नु भयो । त्यस्तै गरी तारा उप्रेतीले सृजनामा नेपाली महिला हिँजो र आज अनि नेपाली साहित्यमा पारिजात विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो ।
उहाँले नेपाली साहित्यको इतिहासको चर्चा गर्दै पारिजातका सृजनामाथि चर्चा गर्नु भएको थियो । त्यस्तै गरी र साहित्यकार भारती गौतमले डायस्पोरामा नेपाली नारीको सिर्जनात्मक भूमिका र महत्व बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो । डायस्पोरा शव्दको उत्पत्ती र अर्थलाईप्रष्ट्याउँदै शुरू गर्नु भएको कार्यपत्रमा नेपाली अग्रज र समकालिन स्रस्टाहरूको योगदानको चर्चा गर्नु भयो ।
महिलाहरूले कस्तो असहज परिस्थितिको सामना गर्नु पर्दछ र अब कस्तो सोच सहितको साहित्य सिर्जना गर्नु पर्छ भन्नेकुरा प्रस्तुत गर्नु भयो । कार्यक्रममा अनेसास बोर्डअफ ट्रष्टीका उपसभापति तिर्थ पाण्डेले अमेरिकामा रहेका महिला साहित्यकारहरूले भानुभक्त आचार्य द्वारा लिखित बधुशिक्षामा भएका विचारलाई चर्चा र खण्डन गर्न नसक्नु कमजोरी हो भन्ने तर्क प्रस्तुत गर्नु भएको थियो ।
स्रस्टाहरू दुरदर्षि हुनु पर्दछ । उनीहरूका विचार युगान्तकारी हुनु पर्दछ भन्दै तत्कालिनलाई मात्र नभएर समाज परिवर्तन हुँने खालका कृति जन्माउनु पर्ने विचार व्यक्त गर्नु भयो ।

दोश्रो दिनको अन्तिम चरणमा संन्ध्याकालीन भोजन पश्चात नेपली संचार जगतका चर्चित संचारकर्मी विश्व भ्रमण कर्ता साइकल यात्री प्रेम बानियार साथिहरू द्वारा निर्मित डकुमेण्ट्री फिल्म जिरो टु ८८४८मी प्रदर्शन भयो । झण्डै एक घण्टा र ३५ मिटेटको यो डकुमेण्ट्रीले पूर्वि नेपालको होचो भाग केचनाकवल देखि सगरमाथाको शिर सम्म सबै दर्शकहरूलाई पुर्याएको थियो ।

अनेसास जर्जियाले संयोजन गरेको यो कार्यक्रममा जर्जियाबासी नेपाली समाजको एकता र पारस्परिक सहयोग अनुकरण नमुना योग्य रहेको कुरा सहभागीहरूले बताएका थिए।








साहित्यकार/कवि
प्रतिक्रिया