
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफू नेता होइन, बेटा बन्न सर्लाही आएको बताएता पनि उनलाई सर्लाही क्षेत्र-४ का जनताले पत्याएनन । सर्लाही क्षेत्र-४ पुगेका थापाले दलका नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा उनले यस क्षेत्रको सेवकको रूपमा आफू आएको बताएका थिए ।
सर्लाही ४ मा ड़ा अमरेश कु सिंहले आफै स्वयम् सामाजिक संजालमा गणना अध्यावधिक गरे गगनलाई सर्लाही-४ मा ८८३५ मतले पछि पारेको जनाएका छन् । मतदान गणना गरे देखि डा अमरेश लगातार अग्रता कायमै गरेका गरै छन् । डा अमरेशलाई २६८०९ मत प्राप्त भएको छ भने गगनले १७९७४ मत प्राप्त गरेका छन् ।
उनि बिशेष महाधिवेशनद्वारा सभापति बनेका हुन् । उनले पटक पटक बदलिएको कांग्रेस हो भन्दै आएता पनि जनताले उनलाई पत्याएनन् । किनभने जनताले उनले रास्वपाका सभापति रबि लामिछानेलाई सखाप पार्न केपी शर्मा ओली ,शेर बा देउबा र पुष्प कमल दाहाल (प्रचण्ड)सँग मिलेर षडयन्त्र गरेको पत्ता लगाए । यसैको कारण उनको यो दुर्दशा भएको हो ।
उनको जीवनको सबै भन्दा खतरा रबि भएकोले ३५ बर्ष सम्म ब्रह्म लुटमा रहेको दलमा उनि स्वयम् रहेकोले उनले बदलिएको भन्दा पनि जनताले लोप्पा खुवाई दिएका छन् । रविलाई ९ महिना एक अदालतबाट अर्को अदालत पुर्याउन गगन खुसी भएका थिए । अब जनताले गगनलाई यस्तो कठालो समाती बाहिर निकाली दिएका छन् । ५ बर्ष सम्म सदन बाहिरबाट मात्र टुलुटुलु हेर्न पाउने बनाई दिएका छन् ।
अब यो हारको जिम्मा सभापतिको नाताले राजिनामाको दबाबमा उनि पर्न थालेका छन् । उनि हार्नेको मुख्य कारण उनले सदनबाट सहकारी काण्डमा रबिको प्रमाण छ भन्नु नै उनको लागि काल भयो । जनताले गगनलाई यसरी फ्याकेका छन् कि गगन उठन धेरै समय लाग्ने छ । अस्ति फेरी नक्कली पत्रकार सम्मेलन गराएर आफै न्यायाधिश भएर रबिको प्रमाण न्यायालयको संजालस्थल (वेबसाइट)मा पुन हावादारी गफ गरेको कारण जागेका जनता अझ आक्रोशित हुदै गगनको पत्ता साफ गर्न अधिराज्य भरि लागेका कारण पतन तर्फ उन्मुख भएका छन् ।
बालेन शाहसँग लज्जाजनक हारेका अपदस्त केपीशर्मा ओली र गगन काँधमा काँध मिलाई बिधान समेत संसोधन गर्दै रबिलाई मात्र फसाउन गरेको कुकर्मको फल गगनले आफै भोग्नु पर्ने भएको छ । गगनले आफू सुध्रिएको भन्दैमा उनका झोले र हनुमान बाहेक अन्यले पत्याएनन । गगनको अब उल्टो गन्ती सुरु भएको छ । गगन कै अगाडी बालेन प्रधानमन्त्री हुनेछन् । ३५ बर्ष अगाडी देखि ब्रह्मलुटमा आफै गासिएका गगनले हामी बदलिएको छु भन्दैमा प्रमाण नै देखाउन नसकेको कारण जनताले गगनलाई बाघे झाप्पु दिएका छन्।
उनको दललाई ऐतिहासिक रुपमा नराम्रो झट्का लागेको छ । रास्वपालाई जनताले मतदान पानी या भाडो नै घोप्ट्याएर खनाई शानदार बिजयी गर्दै गर्दा ७० बर्ष अगाडिको कांग्रेस क्षेत्रीय स्तरको अवस्थामा पुगेको छ । रबिलाई लिएको बदलाको जनता ओइरिएका हुन् ।
देश विदेशमा बस्ने झोले र हनुमानहरुले गलत सुझाव ,रबिलाई फसाउने नीति अंगाल्दा पनि रमाउने गर्दा यो कन्तबिजोग देख्नु पर्ने अवस्था भएको हो । अब रास्वपाले सरकार बने पछि गगन थापाले गरेका कुरा कसरी ब्युझाइन्छ त्यो गगन र नेपाली कांग्रेसले जान्ने कुरा हो ।
रबि लामिछानेले प्रतिसोध हामी गर्दैनौ भनेका छन् । तर गगनले देखाएको रबि माथिको प्रतिसोध रबिले दिने परेन खुद जनताले गगन र उनको दल नेपाली कांग्रेसलाई भित्तामा पुर्याई दिएका छन् ।
उनले सर्लाही पुगेर ‘म नेपाली कांग्रेसको कार्यकर्ता हुँ। मधेशले नेपाली कांग्रेसलाई लगाएको गुण, प्रजातन्त्रलाई लगाएको गुण र सिंगो नेपाललाई लगाएको गुणलाई राम्रोसँग जान्दछु,’ भनेका थिए तर जनताले विश्वास गरेनन् ।
प्रतिक्रिया