मध्य पूर्वमा अमेरिकी सैनिक आधारहरू जोगाउन युक्रेनी मानव रहित यान (ड्रोन )विशेषज्ञहरू जाँदै

इनेप्लिज २०८२ फागुन २२ गते ११:२७ मा प्रकाशित

युक्रेनका अधिकारीहरूले एबीसी न्यूजलाई जानकारी दिए अनुसार, मध्य पूर्वमा रहेका अमेरिकी सैन्य आधारहरूको सुरक्षा गर्न युक्रेनी मानव रहित यान (ड्रोन) विशेषज्ञहरूको टोली छिट्टै त्यसतर्फ प्रस्थान गर्दैछ।

युक्रेनले यो निर्णय अमेरिकाको अनुरोधमा लिएको हो। पछिल्लो समय मध्य पूर्वमा इरानी ‘शाहेद’ मानव रहित यान( ड्रोन )आक्रमणहरू बढ्दै गएपछि अमेरिकी सैन्य आधारहरूलाई थप सुरक्षित बनाउन युक्रेनी प्राविधिकहरूको सहायता लिन लागिएको हो।

युक्रेनी टोलीमा मुख्य रूपमा मानव रहित यान (ड्रोन)लाई बीच बाटोमै रोक्न सक्ने कुशल बिमान चालक (पाइलट)हरू र विद्युतीय युद्ध विशेषज्ञहरू रहनेछन्। युक्रेनले विगत केही वर्षयता रुसविरुद्धको युद्धमा यस्तै किसिमका इरानी मानव रहित यान हरूको सामना गर्दै आएको छ, त्यसैले युक्रेनसँग यी ड्रोनहरूलाई निस्तेज पार्ने पर्याप्त अनुभव छ।

सुरक्षाको कारण देखाउँदै युक्रेनी अधिकारीहरूले यो टोली कुन-कुन देशमा तैनाथ हुने भन्नेबारे खुलाएका छैनन्, तर उनीहरूको मुख्य लक्ष्य मध्य पूर्वमा रहेका अमेरिकी सैन्य अखडाहरूको रक्षा गर्नु नै रहेको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि आफ्नो देशले सहयोगी राष्ट्रहरूलाई आवश्यक परेको खण्डमा सहयोग गर्ने र यसले जीवन बचाउन मद्दत पुग्ने बताएका छन्। यद्यपि, युक्रेनले आफ्नो देशको सुरक्षामा कुनै सम्झौता नहुने गरी मात्र यो सहयोग उपलब्ध गराउने स्पष्ट पारेको छ।

प्रतिक्रिया