इरानमा इजरायलको भीषण हमला: नयाँ सर्वोच्च नेता चयनका लागि बसेको बैठक नै निशानामा

इनेप्लिज २०८२ फागुन १९ गते १७:५२ मा प्रकाशित
Screenshot

इजरायली वायुसेनले पश्चिमी इरानमा इरानी शासनका रक्षा प्रणाली र सैन्य अखडालाई लक्षित गर्दै थप ६० भन्दा बढी उडानमार्फत भीषण आक्रमण गरेको छ।

मंगलबार बिहान तेहरानमा इरानी सर्वोच्च परिषद(काउन्सिल)को  एउटा महत्वपूर्ण बैठक बसिरहेका बेला इजरायली सेनाले सोही स्थानमा आक्रमण गरेको छ।

 फक्स न्युजका अनुसार, उक्त बैठक दिवंगत आयतोल्लाह अली खामेनीको उत्तराधिकारी चयन गर्नका लागि बोलाइएको थियो। 

वरिष्ठ इजरायली अधिकारीलाई उद्धृत गर्दै फक्स न्युजका ट्रे यिंग्स्टले बताएअनुसार यो आक्रमणले इजरायली गुप्तचर निकायको सुक्ष्म र शक्तिशाली पहुँचलाई पुष्टि गरेको छ।

यिंग्स्टका अनुसार, इजरायलले तेहरानको त्यो बैठकलाई निशाना बनायो जहाँ बाँकी रहेका नेतृत्व तहका सदस्यहरू नयाँ सर्वोच्च नेता छान्न भेला भएका थिए।”

यसअघि गत शनिबार बिहान सुरु भएको ‘अपरेशन एपिक फ्युरी’ को पहिलो प्रहारमा अमेरिका र इजरायलले इरानका ४९ जना वरिष्ठ नेताहरूलाई मारिसकेका छन्। 

यो शृंखलाबद्ध आक्रमणले इरानी सैन्य संरचनालाई क्षतविक्षत र नेतृत्वविहीन अवस्थामा पुर्‍याएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया