७५ वर्षकै ऐतिहासिक महासंग्राम: फागुन २१ मा भ्रष्ट नेताहरूको अन्त्य कि नयाँ नेपालको उदय

युवा पुस्ता बिरुद भ्रष्टाचार: पुन फेरी हुदैन भन्दै जुर्मुराए नेपाली जनता, चुनावलाई मात्र दुई दिन बाँकी

विजय थापा २०८२ फागुन १९ गते १२:२९ मा प्रकाशित

नेपालको इतिहासमा २००७ सालको क्रान्तिपछिको सबैभन्दा ठुलो र ऐतिहासिक निर्वाचन हुन अब मात्र दुई दिन बाँकी छ। फागुन २१ गते हुने यो मतदान केवल एउटा चुनावी प्रक्रिया मात्र होइन, बरु यो त ७५ वर्षदेखिको पुरानो सोच र ३५ वर्षदेखि देशलाई खोक्रो बनाउने भ्रष्ट शासकहरू विरुद्धको निर्णायक युद्ध हो।

यो निर्वाचनमा पहिलो पटक ‘जेन-जी’ अर्थात् नयाँ पुस्ताका मतदाताहरू र वर्षौँदेखि कुर्सीमा टाँसिएका पुराना नेताहरूबीच सिधा टक्कर देखिएको छ।

युवाहरूको एउटै माग छ— “जसरी पृथ्वीबाट डाइनोसर हराए, त्यसरी नै देश लुट्ने पुराना नेताहरू राजनीतिबाट हराउनुपर्छ।” आजका मतदाता सचेत छन्; उनीहरू अब कसैको लोभ, लालच वा घुस मा बिक्नेवाला छैनन्। उनीहरू आफ्ना बालबालिकाको भविष्य आफ्नै देशमा उज्यालो देख्न चाहन्छन्।

अहिले देशैभरि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको लोकप्रियता चुलिएको छ। उनीहरूलाई जनताले नेता मात्र होइन, परिवर्तनको “आँधी” को रूपमा हेरेका छन्। विद्वान भिमार्जुन आचार्यले चेतावनी दिएझै, यदि अहिले पनि असफल पात्रहरूलाई रोक्न सकिएन भने देशले ठुलो मूल्य चुकाउनुपर्नेछ।

नेपाली जनताले भदौ २३ को त्यो कालो दिन बिर्सिएका छैनन्, जब शक्तिमा रहेकाहरूको घरमा अकुत सम्पत्ति र नोटका बिटाहरू जलेको खबरले देश स्तब्ध भएको थियो। एकातिर जनता सिटामोल नपाएर छटपटाइरहेका थिए, अर्कोतिर शासकका महलमा नोट खरानी भइरहेका थिए। ३५ वर्षसम्म देशलाई कङ्गाल बनाएर युवाहरूलाई खाडीको तातो बालुवामा बेच्ने ती तीन ठुला दलहरूलाई अब “ठाउँको ठाउँ” रोक्ने अन्तिम मौका आएको छ।

विश्वका कुना-कुनामा रहेका नेपालीहरू ‘परिवर्तनको राँको’ बोकेर गाउँ र शहर फर्किएका छन्। फागुन २१ को त्यो एक छापले तपाईको परिवार र देशको आगामी ३५ वर्षको भविष्य तय गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टीले यो निर्वाचनमा भारी बहुमत ल्याउने संकेत देखिएको छ।

उठ्नुहोस्, जाग्नुहोस् र आफ्नो विवेक प्रयोग गर्नुहोस्! यो भ्रष्ट जालो उखेल्ने अन्तिम अवसर हो।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया