
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त अरब एमिरेट्सलाई इरानीमानव रहित यान (ड्रोन )आक्रमणबाट बच्न मद्दत गर्ने प्रस्ताव राखेका छन् । रुससँग विगत चार वर्षदेखि युद्ध लडिरहेको युक्रेनसँग इरानमा बनेका शाहेद’ मानव रहित यान (ड्रोन)हरूलाई खसाल्ने ठुलो अनुभव छ। रुसले युक्रेनमा यस्तै मानव रहित यान (ड्रोन)बाट दिनहुँ आक्रमण गर्ने गरेको छ।
राष्ट्रपति जेलेन्स्कीले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग दूरवार्ता गर्दै “हामी कसरी त्यहाँका नागरिकको ज्यान बचाउन मद्दत गर्न सक्छौँ” भन्नेबारे छलफल गरेका छन् युक्रेनले आफ्नो प्रविधि र अनुभव बाँडेर युएईको सुरक्षा बलियो बनाउन चाहेको छ।
बेलायतको समर्थन:
यसैबीच, बेलायती प्रधानमन्त्री कियर स्टार्मरले पनि एक महत्त्वपूर्ण घोषणा गरेका छन् । उनका अनुसार युक्रेनी र बेलायती विज्ञहरू मिलेर मध्यपूर्वी देशहरूलाई इरानी मानव रहित यान (ड्रोन)हरू कसरी आकाशमै नष्ट गर्ने भन्नेबारे तालिम र सहयोग दिनेछन्।
यो किन महत्त्वपूर्ण छ?
इरानले बनाएका मानव रहित यान (ड्रोन)हरू सस्तो तर खतरनाक मानिन्छन्। अहिले इजरायल, इरान र छिमेकी देशहरूबीच तनाव बढिरहेको बेला युक्रेनको यो प्रस्तावले नयाँ मोड ल्याउन सक्छ। युक्रेनले युद्धको मैदानमा सिकेको सीप अब अन्य देशको सुरक्षाका लागि काम लाग्ने देखिएको छ।
प्रतिक्रिया