
अन्तरराष्ट्रिय बाग्लुङ्ग समाज ,बाग्लुङ्ग समाज अमेरिका र बाग्लुङ समाज अमेरिका नर्थक्यारोलाइनाको संयुक्त आयोजनामा गर्न गइरहेको नर्थ अमेरिका स्तरिय क्षेत्रिय भेला २०२६ अप्रिल ४ शनिवारको दिन अमेरिकाको नर्थ क्यारोलिनामा हुने भएको छ ।
त्यसको ठिक भोलिपल्ट अप्रिल ५ मा चैते दशै पर्ब तथा नवबर्ष एकसाथ भब्यरुपमा मनाउने कार्यक्रम तय भएको छ ।
अन्तरराष्ट्रिय बाग्लुङ्ग समाजको गत सेप्टेम्वरमा सम्पन्न कार्यसमिति वैठकले विभिन्न क्षेत्रमा क्षेत्रिय भेला गर्ने निर्णय गरेको थियो । त्यस्तै बाग्लुङ्ग समाज अमेरिकाको यहि फेबु्रअरि २१ मा बसेको वैठकले अमेरिकामको नर्थ क्यारोलिनामा क्षेत्रिय भेला र कार्यसमितिको भौतिक वैठक गर्ने निर्णय गरेको छ ।
भेलाको लागी अन्तरराष्ट्रिय बाग्लुङ्ग समाजमा उपाध्यक्ष कुल शर्माको संयोजकत्वमा नर्थ अमेरिका क्षेत्रबाट अन्तराष्ट्रिय बाग्लुङ्ग समाजमा सल्लाहकार तथा अन्य सदस्य रहने गरि एक समिति गठन गरिएको छ । समितिको सदस्य सचिवमा अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक मिन खड्का रहनुभएको छ । त्यस्तै सदस्यहरुमा अन्तरराष्ट्रिय बाग्लुङ्ग समाजका पुर्व संरक्षक एवं सल्लाहकार दुर्गा अधिकारी(क्यानडा) सल्लहकारहरु भुमिश्वर सापकोटा (अमेरिका)भवि न्यौपाने (क्यानडा) डा गंगाधर आचार्य (अमेरिका) अनुसुया श्रेष्ठ(अमेरिका) विपिन श्रेष्ठ(अमेरिका) देविका केसि(क्यानडा) लगायत रहनुभएको छ ।
त्यस्तै कार्यक्रम सफल पार्न आयोजक समितिमा एटलाण्टाबाट समाजसेवी भविन्द्र बस्नेत, बाग्लुड समाज बाल्टिमोरका निवर्तमान अध्यक्ष निर थापा, नर्थ क्यालिफोर्निया क्षेत्रबाट एकदेब शर्मा नेब्रास्काबाट कृष्ण कंडेल, ब्राम्टन क्यानडाबाट गिरी बुढाथोकि र नर्थक्यारोलिना च्याप्टरका अध्यक्ष राम थापा रहनुभएको छ । आवस्यकता अनुसार अन्य सदस्यहरु थप गर्दै जाने संयोजक कुल शर्माले जानकारी दिनुभयो । कार्यक्रममा पन्चेबाजा तथा स्थानिय कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने छ । कार्यक्रम अमेरिका क्यानडाका बाग्लुंग समाजहरु संगको सहकार्यमा सम्पन्न गरिनेपनि संयोजक शर्माले जानकारी दिनुभयो ।
त्यस्तै अप्रिल ५ तारिख आइतबारका दिन बाग्लुङ्ग समाज अमेरिकाले भौतिक वैठकको आयोजना गरेको बाग्लुंग समाज अमेरिकाका अध्यक्ष गौरिश्वर शर्माले बताउनुभयो । नयाँबर्ष र चैतेदशै को उपलक्ष्यमा आयोजित बनभोज कार्यक्रम भौतिक पन्चेबाजा ,अन्य आकर्षक साङ्गितिक कार्यक्रम सहित हुने कुरा आयोजकले जानकारी गराएका छन्।
प्रतिक्रिया