
इजरायली वायुसेनाले सोमबार इरानको राजधानी तेहरानका मुख्य क्षेत्रहरूमा ठूलो आक्रमण सुरु गरेको छ। इजरायली सेना आइ आइडिएफका अनुसार उनीहरूले इरानी शासनका मुख्य अखडाहरूलाई निशाना बनाएका छन्। यो हमला यति शक्तिशाली छ कि यसले इरानको मुटु मानिने सहरलाई नै थर्काएको छ।
एपी र सिएनएनका अनुसार इरानले पनि चुप लागेर बसेको छैन। उसले कतारका ऊर्जा केन्द्रहरूमा मानव रहित यान (ड्रोन )प्रहार गरेको छ। यद्यपि कतारमा कोही घाइते भएका छैनन्, तर त्यहाँका ठुला उद्योगहरूमा क्षति पुगेको छ। अर्कोतर्फ, इजरायलको शहरमा इरानी क्षेप्यास्त्र खस्दा १५ जना घाइते भएका छन्।
समुद्री मार्गमा आक्रमण र भारतीय नागरिकको मृत्यु:
ओमानको समुन्द्रमा एउटा ठुलो तेल ट्याङ्करमा विस्फोटक भरिएको ‘मानव रहित यान डुङ्गा’ ले आक्रमण गरेको छ। यो दुखद घटनामा एक जना **भारतीय नाविकको मृत्यु भएको छ। यो आक्रमणपछि विश्वको व्यापारका लागि सबैभन्दा महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ अर्थात् जलडमरु समुद्री मार्गबाट हुने यातायात ७० प्रतिशतले घटेको छ। जहाजहरू डरले गर्दा बाटो परिवर्तन गरिरहेका छन् वा बीचमै रोकिएका छन्।
अमेरिका र इजरायलको हमलामा इरानका सर्वोच्च नेता अली खामेनी मारिएपछि अहिले इरानमा कसले शासन चलाउने भन्ने अन्योल देखिएको छ। अहिलेका लागि राष्ट्रपति र अन्य मुख्य अधिकारीहरूले मिलेर देश चलाइरहेका छन्। उनीहरूले छिट्टै नयाँ नेता चुन्ने बताएका छन्।
अमेरिकामा साइबर हमलाको खतरा:
यसैबीच, अमेरिकाको सुरक्षा विभाग ले इरान समर्थक अनधिकृत आक्रमण (ह्याकर)हरूले सु-साङ्ख्य अंतर्जाल (कम्प्युटर नेटवर्क) र संजालस्थल (वेबसाइट)हरूमा ‘साइबर हमला’ गर्न सक्ने चेतावनी दिएको छ। साथै, एक्लै आएर आक्रमण गर्ने ‘लोन वुल्फ’ आतङ्ककारीहरूको पनि खतरा बढेको बताइएको छ।
युद्धको यो चपेटाले गर्दा अहिले मध्यपूर्व मात्र होइन, पूरै विश्वको अर्थतन्त्र र सुरक्षामा ठुलो असर परिरहेको छ। निर्दोष नागरिकहरू यसको सबैभन्दा ठुलो मारमा परेका छन्।
प्रतिक्रिया