
अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार सोमबार राति एक दुखद र अनौठो घटना घटेको छ। इरानसँगको तनावपूर्ण लडाइँका क्रममा कुवेतको हवाई रक्षा प्रणाली ले आफ्नै मित्र राष्ट्र अमेरिकाका तीनवटा एफ-१५ नामक स्ट्राइक इगल लडाकु विमानहरूलाई झुक्किएर गोली हानी खसालेको छ।
अमेरिकी सेनाका अनुसार यो घटना ‘फ्रेन्डली फायर’ (झुक्किएर आफ्नै साथीलाई प्रहार गर्नु) को कारणले भएको हो। त्यस समयमा आकाशमा इरानी विमान, क्षेप्यास्त्र र मानव रहित यानहरूले आक्रमण गरिरहेका थिए। यही भिडन्तको बीचमा, कुवेती सेनाले अमेरिकी विमानहरूलाई शत्रुको विमान ठानेर झुक्किएर आक्रमण गरेको थियो।
यति ठुलो दुर्घटना भए तापनि ती तीनवटा विमानमा रहेका सबै ६ जना बिमानचालक हरू समयमै प्यारासुटको सहायताले विमानबाट बाहिर निस्कन सफल भए। उनीहरूलाई अहिले सुरक्षित रूपमा उद्धार गरिएको छ र उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ। कुवेत सरकारले यो गल्तीलाई स्वीकार गर्दै बिमानचालक हरूको उद्धारमा सहयोग गरेको छ।
अहिले अमेरिकाले इरानविरुद्ध ‘अप्रेशन एपिक फ्युरी’ नामक सैन्य अभियान चलाइरहेको छ। सोही अभियानको सिलसिलामा ती विमानहरू उडिरहेका थिए। कुवेतका रक्षामन्त्रीले पनि आफ्ना सेनाबाट भएको यो कमजोरीबारे जानकारी दिँदै घटनाप्रति दुःख व्यक्त गरेका छन्।
सिएनएनक अनुसार यो घटना कसरी भयो र यति आधुनिक प्रणालीले कसरी आफ्नै साथीलाई चिन्न सकेन भन्ने विषयमा अहिले उच्च स्तरीय छानबिन भइरहेको छ।
प्रतिक्रिया