बाल्टिमोरमा मानसिक स्वास्थ्य चेतनामूलक कार्यक्रम सम्पन्न

इनेप्लिज २०८२ फागुन १७ गते २३:०४ मा प्रकाशित

मेरिल्याण्ड नेपाली मेडिकल सोसाइटीको आयोजनामा आज बाल्टिमोर स्थित बाना भवनमा मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरियो।

मेरिल्याण्ड नेपाली मेडिकल सोसाइटी(एमएनएमएस) बाना र लायन्स क्लब नेप्लिज इन बाल्टिमोरको सयुक्त आयोजनामा हुने नियमित हेल्थ शिविरको लगत्तै हालै डिसी महानगर क्षेत्रमा भएका भयंकर घटनाहरुलाई मध्यनजर गरि मानसिक स्वास्थ्यको महत्व, जटिलता, पारिवारिक एवं सामाजिक भुमिका जस्ता कुराहरुमा मनोचिकित्सक डा.विकास शर्मा एवं मनोरोग नर्स प्राक्टिसनर(स्वास्थ्य परिचारिका) रश्मी भट्टले सहभागीहरुको प्रश्नहरुको उत्तर दिनु भएको थियो।

मानसिक रोग पनि शारिरक रोग जस्तै उपचार गरिनु पर्छ भन्ने कुरामा जोड दिंइएको थियो।

मेरिल्याण्ड बसोबास गर्ने सम्पूर्ण तहका स्वास्थ्यकर्मीहरुको संगठन एमएनएमएस गत केहि समय देखि नेपाली समाज डिएमभीमा घटेका दुखद घटनाप्रति संबेदनशिल रहि आवश्यक सहयोगको लागि तत्पर रहेको कुरा संस्थाकी संस्थापक अध्यक्ष सुनिता बस्नेत थापा र संस्थापक महासचिव डा. अन्जु खरेल बन्जाडेले आधिकारिक सामाजिक संजाल पृष्ठ( फेसबुक पेज)बाट जानकारी गराउनु भएको थियो।

प्रतिक्रिया