
युगकवि सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले वि सं २०८१ मा डायस्पोरामा रहेका नेपाली भाषा र साहित्यमा निरन्तर सेवा गर्दै आएका स्रष्टा सुरेन उप्रेतीलाई डायस्पोराका लागि काव्यदूत चयन गर्यो । नेपाली भाषा र साहित्यलाई वर्तमान अवस्था सम्म आइपुग्दा थुप्रै अग्रज साहित्यकारहरूले अथक परिश्रम र योगदान गर्नु भएको छ । ती मध्यका एक अग्रज साहित्यकार युगको दिशाबोध भएका कविको नाममा स्थापना भएको हो यो युगकवि सिद्धिचरण प्रतिष्ठान । युगकविले कविता लेखेकै निहुँमा जेल नेल र अनेक यातनाहरू भोग्नु पर्यो । युगकविका बुवा बिष्णुचरण श्रेष्ठ जो नेपालको प्रथम उपन्यास “सुमति” का लेखक पनि हुनु हुन्थ्यो ।
बुवाको स्वर्गारोहणमा छोरा सिद्धिचरणलाई दागबत्ती दिनबाट समेत तात्कालिक राणा सरकारले बञ्चित गर्यो । सिद्धिचरण श्रेष्ठ नेपालको पहिलो दैनिक पत्रिका “आवाज” का प्रधान सम्पादक हुनुहुन्थ्यो । त्यस्तै हाल नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित हुँदै आएको “कविता” कविता सङ्ग्रहको प्रधान सम्पादक हुनुहुन्थ्यो । जुन कविता सङ्ग्रह यधपी निरन्तर प्रकाशित हुँदै आएको छ । सिद्धिचरण श्रेष्ठ निरङ्कुश राणा शासन विरुद्धको चेतना जगाउने शसक्त कवि हुनु हुन्थ्यो । “क्रान्ति बिना शान्ति हुँदैन” भन्ने उहाँको विचारले हजारौँ युवाहरूमा चेतना भरेको थियो । क्रान्ति र हडताल शब्दका प्रथम उद्घोषक साहित्यकार ,नेपाली ,अङ्ग्रेजी, हिन्दी, मैथिली र नेवारी भाषामा गध र पधमा लेख्ने बहुभाषिक साहित्यकार हुनुहुन्थ्यो । उहाँका कवितामा एउटा युगकै प्रतिनिधित्व गर्ने दूरदृष्टिकोण भएको हुनाले युगकविको बिभूषण सम्मानित गरियो । युगकवि सिद्धिचरणका नामबाट ओखलढुङ्गा जिल्लाको सदरमुकाम रहेको सिद्धिचरण नगरपालिकाको नाम राखिएको छ । त्यस्तै गरी सिद्धिचरण राजमार्ग , स्कुल र क्याम्पसहरूका नाम राखिएको छन् । उहाँका नामका हुलाक टिकटहरू दुई पटक प्रकाशित भएका छन् ।
स्वदेश तथा विदेशमा रहेका नयाँ पुस्तालाई युगकवि सिद्धिचरण श्रेष्ठ जस्ता नेपाली साहित्यका धरोहरका बारेमा धेरै जानकारी छैन । नेपाली भाषा र नेपाली साहित्यमा उहाँको योगदानको
बारेमा युवापुस्तालाई जानकारी प्रदान गर्नका लागि वक्तृत्व कला प्रतियोगिता गर्न लागिएको छ । । प्रथम, द्वितीय र तृतीयलाई पुरस्कार सहित सम्मान पत्र र सहभागीहरूलाई सम्मान पत्र प्रदान गरिनेछ । अठार वर्ष सम्मका वालबालिकाले भाग लिने यो कार्यक्रम नेपाली र अंग्रजी दुबै भाषामा हुनेछ । नेपाली भाषाबाट एक जनालाई र खुल्लाबाट दुई जनालाई पुरस्कृत गरिने छ । प्रत्येक महादेशमा गरिने यो प्रतियोगिता अमेरिका र क्यानडामा जुमको माध्यमबाट निम्न मिति
र समयमा हुनेछ । ईच्छुक सहभागिहरूले आफ्नो नाम अप्रिल ३०। २०२६ सम्ममा टिपाउनु हुन हार्दिक आव्हान गर्दछौँ ।
ईमेल ठेगाना: [email protected]
मिति: २०२६ साल मे १५ तारिख
समय : साँझ ८ बजे अमेरिकी पूर्वीय समय

साहित्यकार/कवि
प्रतिक्रिया