प्रहरीले जारी गर्यो बिज्ञप्ति :ममता र बिन्दाको अन्तिम चित्कारले स्तब्ध अमेरिका, एउटा अकल्पनीय पारिवारिक संहारको हृदयविदारक कथा

सात समुद्र पारि छोरीको काखमा नाति खेलाउन पुगेका छत्र थापा नै बने काल

इनेप्लिज २०८२ फागुन १३ गते २३:४९ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीमा आफ्नी छोरी र नातिलाई भेट्न र पारिवारिक खुसी साट्न नेपालबाट अमेरिका पुगेका ५४ वर्षीय छत्र थापाले आफ्नै श्रीमती र छोरीको गत सोमबार विभत्स हत्या गरे पछि फेयरफ्याक्स काउन्टी प्रहरीले आधिकारिक रुपमा छापा बिज्ञप्ती जारी गरेको छ ।

हाल मृतकहरुको सही उनीहरुको सम्भवत परिचय पत्र या राहदानीमा भएको उमेर समेत उल्लेख गरेको छ । यो भन्दा अगाडी प्रहरी प्रमुखले संचार माध्यमहरुलाई जानकारी दिने क्रममा करिव ५० बर्ष र ३० बर्ष भनी जानकारी दिएका थिए । तर आज बिभागले त्यहाँ भएको सही मिति उल्लेख गरेको छ ।

। भर्जिनियाको फेयरफ्याक्स काउन्टीस्थित मन्टुवा क्षेत्रमा सोमबार बिहान घटेको यो त्रासदीपूर्ण घटनाले सम्पूर्ण नेपाली समुदायलाई शोकमग्न बनाएको छ।

स्थानीय प्रहरी अधिकारीहरूका अनुसार, ५४ वर्षीय छत्र थापाले आफ्नी ५२ वर्षीया श्रीमती बिन्दा थापा र ३३ वर्षीया छोरी ममता थापालाई धारिलो हतियार (खुँडा ) प्रहार गरी हत्या गरेका हुन्। उनले आफ्ना ज्वाइँमाथि पनि घातक आक्रमण गरेका थिए, जसको अहिले अस्पतालमा जीवन र मृत्युको दोसाँधमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार गत सोमबार बिहान ३९०० भवन समूह पर्सिमोन सर्कलस्थित एक आवासगृह (अपार्टमेन्ट)मा घरायसी झगडा भएको सूचना पाएपछि अधिकारीहरू घटनास्थल पुगेका थिए। प्रहरी आइपुग्दा एक महिला (छोरी ममता) घर बाहिर गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन्।

फक्स५डिसी आवासगृह (अपार्टमेन्ट) भित्र छिर्दा दृश्य झनै भयावह थियो। प्रहरीले छत्र थापालाई हातमा खुँडा लिएर घाइते ज्वाइँमाथि घुँडा टेकेर बसिरहेको अवस्थामा फेला पारे। भित्र अर्की महिला (श्रीमती बिन्दा) पनि रक्ताम्मे अवस्थामा थिइन्। प्रहरीले थापालाई पटक-पटक धारिलो हतियार फाल्न आदेश दिएका थिए, तर उनले अस्वीकार गर्दै आक्रामक बनेपछि प्रहरीले आत्मरक्षार्थ गोली चलाएको थियो। थापाको घटनास्थलमै मृत्यु भयो।

घाइते आमा र छोरीलाई तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले उनीहरूलाई मृत घोषित गरे। ज्वाइँको अवस्था अझै चिन्ताजनक छ। यसैबीच, आवासगृह (अपार्टमेन्ट) भित्रै रहेका एक वर्षीय बालक (नाति) भने सकुशल फेला परेका छन्। उनलाई अहिले प्रहरीले संरक्षणमा राखेर आफन्तहरूको जिम्मा लगाउने तयारी गरेको छ।

प्रहरीको गोली प्रहार गर्ने अधिकारीलाई विभागको नीति अनुसार अनुसन्धान नसकिउन्जेलसम्मका लागि प्रतिबन्धित कर्तब्य (ड्युटी)मा राखिएको छ। नेपालबाट एउटा सुन्दर भविष्य र पारिवारिक मिलनको अपेक्षा लिएर पुगेको यो परिवार यसरी एउटै रातमा छिन्नभिन्न होला भनेर कसैले सोचेको थिएन।

यो घटनाले अमेरिकामा रहेका नेपालीहरू मात्र नभई सम्पूर्ण मानवतालाई नै झस्काएको छ।

प्रतिक्रिया