इतिहासकै लामो भाषण: राष्ट्रपति ट्रम्पद्वारा १ घण्टा ४८ मिनेटसम्म अमेरिकाको ‘स्वर्ण युग’ बारे चर्चा

इनेप्लिज २०८२ फागुन १३ गते ११:३७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको ‘स्टेट अफ द युनियन’ (दुवै संसदलाई दिइने वार्षिक सन्देश) मा नयाँ किर्तिमान रेकर्ड कायम गरेका छन् ।

उनको सम्बोधन करिब १ घण्टा ४८ मिनेट लामो थियो, जुन सन् १९६४ पछिको सबैभन्दा लामो भाषण हो। उनले आफ्नो एक वर्षे कार्यकालका सफलताहरू सुनाउँदै अब अमेरिकाको ‘स्वर्ण युग’ सुरु भएको घोषणा गरे ।

साहसी सैनिक र पदकको सम्मान :

भाषणका क्रममा राष्ट्रपतिले केही वीर व्यक्तिहरूलाई सम्मान गर्दा हलमा उपस्थित सबैले उठेर ताली बजाएका थिए। उनले १०० वर्षीय वृद्ध सैनिक ई. रोयस विलियम्सलाई ‘मेडल अफ अनर’ सम्मान पदक प्रदान गरे । विलियम्सले धेरै वर्ष पहिले कोरियाली युद्धमा गोप्य अभियानका क्रममा देखाएको बहादुरीका लागि यो पदक दिइएको हो।

त्यस्तै, अर्का नायक एरिक स्लोभरलाई पनि सम्मान गरियो। स्लोभर भेनेजुएलाका विद्रोही नेता निकोलस मादुरोलाई पक्रने खतरनाक अभियानमा खटिएका थिए। खुट्टामा गहिरो चोट लागे पनि उनले आफ्नो कर्तव्य पूरा गरेका थिए। ट्रम्पले उनलाई ‘अमर योद्धा’ को संज्ञा दिए ।

भाषणमा एक निकै भावुक दृश्य पनि देखियो। राष्ट्रपतिले भेनेजुएलाका नेता मादुरोको विरोध गर्दा जेल परेका एन्रिके मार्केजलाई मुक्त गराएर सुटुक्क अमेरिका ल्याएका रहेछन् । जब एन्रिके र उनकी भतिजी अलेजान्द्राको संसद भवनमै मिलन भयो, तब सबैका आँखा रसाएका थिए।

राष्ट्रपति ट्रम्पले लागूपदार्थ तस्करी विरुद्ध चालिएका सैन्य कदमको बारेमा पनि जानकारी दिए । उनले समुद्रबाट अमेरिका छिर्ने लागुऔषधका डुङ्गाहरू नष्ट गरिएको बताए ।

इरानको विषयमा बोल्दै उहाँले इरानलाई कहिल्यै पनि परमाणु हतियार बनाउन नदिने अडान दोहोर्‍याए । केही समयअघि अमेरिकी हमलाले इरानको परमाणु कार्यक्रम ध्वस्त पारेको दाबी गर्दै ट्रम्पले इरानले फेरि हतियार बनाउने प्रयास गरेमा चुप नबस्ने चेतावनी दिए ।

आफ्नो भाषणमा ट्रम्पले अर्थतन्त्र, अध्यागमन र देशको सीमा सुरक्षामा निकै सुधार आएको दाबी गरे । रिपब्लिकन नेताहरूले खुसी हुँदै ताली बजाए पनि विपक्षी डेमोक्र्याटहरू भने धेरैजसो समय मौन बसेका थिए। ट्रम्पले अमेरिकाको स्वतन्त्रताको ज्योति सधैं जलिरहने भन्दै भाषण टुङ्ग्याए ।

प्रतिक्रिया