
अमेरिकाको मिजौरी राज्यमा दुई प्रहरी (शेरिफ )सहायक प्रहरीहरुको गोली हानी हत्या गरिएको छ।
प्रहरी अधिकारीहरूका अनुसार, पहिलो हत्या सोमबार दक्षिण-पश्चिम मिजौरीको हल्याण्डभिलमा एउटा सामान्य प्रहरीजाचको क्रममा भएको थियो।
क्रिस्टियन काउन्टीका शेरिफ ब्राड कोलले पहिलो घटनामा ज्यान गुमाउने प्रहरी अधिकारी सहायक गेब्रियल रामिरेज भएको बताए । रामिरेजलाई एक मिलनसार र सधैं अरूलाई मद्दत गर्न तयार रहने व्यक्तिको रूपमा उनले स्मरण गरे ।
पहिलो घटनापछि फरार भएका संदिग्धको खोजीमा करिब १०० जना प्रहरी अधिकारीहरू, एफबीआई र मार्शलहरू परिचालन गरिएका थिए। खोजीकै क्रममा मंगलबार बिहान सबेरै ‘रीड्स स्प्रिङ’ नजिकैको जङ्गलमा लुकेर बसेका संदिग्धले प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार गरे।
उक्त दोस्रो मुठभेडमा अर्का एक सहायकको मृत्यु भयो भने अन्य दुई अधिकारीहरू घाइते भएका छन्।
घाइतेहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ। जवाफी कारबाहीमा प्रहरीको गोली लागेर संदिग्ध आक्रमणकारी पनि घटनास्थलमै मारिएका छन्।
प्रतिक्रिया