प्रधान सेनापति ‘रजिन’ केनको प्रशंसा गर्दै ट्रम्पले भने: “हाम्रो सेनाले चाहेमा इरानविरुद्धको युद्ध सजिलै जित्नेछ”

इनेप्लिज २०८२ फागुन ११ गते २३:३४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानसँगको सम्भावित युद्ध र अमेरिकी सैन्य नेतृत्वका बारेमा चलिरहेका हल्लाहरूको कडा शब्दमा खण्डन गरेका छन् । उनले विशेष गरी ‘फेक न्यूज’ अर्थात् झुटासंचार माध्यमहरूले जनरल ड्यानियल केन (जसलाई ‘रजिन’ पनि भनिन्छ) इरानसँगको युद्धको विरुद्धमा रहेको भनी फैलाएको समाचारलाई १०० प्रतिशत गलत भनेका छन् ।

राष्ट्रपति ट्रम्पका अनुसार जनरल(सैनिक प्रमुख) केन एक महान् लडाकु हुन् जसले यसअघि इरानको आणविक विकास केन्द्रमा गरिएको आक्रमण ‘मिडनाइट ह्यामर’ को नेतृत्व गरेका थिए। ट्रम्पले दाबी गर्दै बहने अमेरिकी बी-२ बमवर्षक विमानहरूले इरानको उक्त आणविक केन्द्रलाई पहिले नै ध्वस्त पारिसकेका छन्। त्यसैले, प्रधान सेनापति केनलाई इरानको सैन्य शक्तिका बारेमा राम्रो ज्ञान छ र उनी केवल ‘जित्न’ मात्र जान्दछन्।

ट्रम्पले स्पष्ट पार्दै भने उनि आफैँ पनि युद्ध चाहदैनन् र इरानसँग एउटा राम्रो सम्झौता होस् भन्ने पक्षमाछन् । तर, यदि कुनै सम्झौता हुन सकेन भने इरानका लागि त्यो निकै “खराब दिन” हुने चेतावनी उनले दिए । ट्रम्पले भने , “म सम्झौता गर्न चाहन्छु, तर यदि सम्झौता भएन भने त्यस देश र त्यहाँका मानिसहरूका लागि यो निकै दुःखद हुनेछ।” उनले इरानी जनताहरू राम्रा र अद्भुत भएको उल्लेख गर्दै उनीहरूमाथि यस्तो परिस्थिति आउनु नपर्ने पनि बताए ।

संचार माध्यममा आएका “सीमित सैन्य आक्रमण” का कुराहरूलाई पनि ट्रम्पले अस्विकार गरेका छन् । उनले जोड दिँदै भने , “अन्तिम निर्णय गर्ने व्यक्ति म नै हुँ।” यदि सेनालाई इरानविरुद्ध अघि बढ्ने आदेश दिइयो भने जनरल केनले नै सेनाको नेतृत्व गर्ने र त्यो युद्ध अमेरिकाले सजिलै जित्ने विश्वास ट्रम्पले व्यक्त गरे ।

प्रतिक्रिया