
आइतबार बिहान फ्लोरिडास्थित पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास मारा-लागोमा सुरक्षा घेरा तोडेर भित्र छिर्ने एक सशस्त्र व्यक्ति अमेरिकी गोप्य सेवा(सेक्रेट सर्भिस) र पाम बिच काउन्टीका सुरक्षाकर्मीको गोलीबाट मारिएका छन्। सेवाका अनुसार यो घटना बिहान करिब १:३० बजे घटेको हो।
२० वर्ष आसपासका ती युवकले मारा-लागोको उच्च सुरक्षा घेरा गैरकानूनी रूपमा तोडेका थिए। सुरक्षाकर्मीका अनुसार ती व्यक्तिको साथमा एउटा शटगन (बन्दुक) र इन्धनको जर्किन (भाडो)फेला परेको थियो।
संदिग्ध व्यक्तिले सुरक्षा चुनौती दिएपछि गुप्तचरहरु र सहायक शेरिफले आत्मरक्षा र सुरक्षाका लागि गोली चलाएका थिए। घटनाको समयमा राष्ट्रपति र प्रथम महिला वासिङ्टन डीसीस्थित ह्वाइट हाउसमा रहेकाले उनीहरू सुरक्षित छन्।
सिएनएनका अनुसार मारिएका व्यक्तिको परिवारलाई खबर नगरेसम्म उनको नाम सार्वजनिक गरिएको छैन
एफबीआई (FBI) र अन्य सम्बन्धित निकायहरूले ती व्यक्तिको पृष्ठभूमि र यस्तो कदम चाल्नुको उद्देश्यबारे अनुसन्धान सुरु गरेका छन्।
यस मुठभेडमा कुनै पनि सुरक्षाकर्मी घाइते भएका छैनन्। निकायको नीति अनुसार घटनामा संलग्न गुप्तचरहरुलाई अनुसन्धान नसकिउन्जेल ‘प्रशासनिक बिदा’ मा राखिएको छ ।
प्रतिक्रिया