
अमेरिकी सरकारले सडक सुरक्षालाई थप मजबुत बनाउन र अयोग्य चालकहरूलाई सडकबाट हटाउन एउटा ठूलो निर्णय गरेको छ। अबदेखि अमेरिकामा ट्रक र बस अर्थात् मालबाहक र यात्रु बाहक जस्ता व्यावसायिक सवारी साधन चलाउने चालकहरूले आफ्नो अनुमति पत्र (लाइसेन्स)परीक्षा अनिवार्य रूपमा अङ्ग्रेजी भाषामा मात्र दिनुपर्नेछ।
एपीका अनुसार यातायात सचिव सिन डफीले शुक्रबार यस नयाँ नियमको घोषणा गरेका हुन् । उनका अनुसार, सडकमा गुड्ने ठूला सवारीका चालकहरूले यातायात (ट्राफिक) संकेतहरू पढ्न र प्रहरीसँग राम्ररी कुराकानी गर्न सक्ने गरी अङ्ग्रेजी भाषा बुझ्नु अनिवार्य छ। अमेरिकाको फ्लोरिडा राज्यले त यसअघि नै अङ्ग्रेजीमा मात्र परीक्षा लिन सुरु गरिसकेको छ।
किन ल्याइयो यो नियम?
अहिले सम्म अमेरिकाका धेरै राज्यहरूले विभिन्न भाषाहरूमा चालक अनुमति पत्र (लाइसेन्स) परीक्षा दिने सुविधा दिएका थिए। उदाहरणका लागि, क्यालिफोर्नियामा २० वटा फरक-फरक भाषामा परीक्षा दिन पाइन्थ्यो। तर, धेरैजसो चालकहरूले अङ्ग्रेजी नबुझ्दा सडकमा दुर्घटना बढेको सरकारको ठहर छ। यातायात सचिव डफीले केही निजी कम्पनीहरूले नियमको पालना नगरी जथाभावी अनुमति पत्र (लाइसेन्स )बाँडिरहेको आरोप पनि लगाएका छन् ।
यो निर्णय लिनुको मुख्य कारण हालैका केही भयानक सडक दुर्घटनाहरू हुन्। गत गस्तमा फ्लोरिडामा एक आला बाहक सवारी साधन (ट्रक )चालकले गलत ठाउँबाट गाडी मोड्दा भएको दुर्घटनामा ३ जनाको मृत्यु*भएको थियो। अनुसन्धानका क्रममा ती चालकसँग अमेरिकामा बस्ने अनुमति नभएको र उनले नियम नबुझेको पाइयो। त्यस्तै, इन्डियाना राज्यमा भएको अर्को दुर्घटनामा एकै परिवारका ४ जनाको ज्यान गएको थियो।
यी घटनापछि अमेरिकी यातायात मन्त्रालयले देशभरका ५५७ वटा सवारी चालक प्रशिक्षण केन्द्र बन्द(ड्राइभिङ स्कुल)हरू बन्द गरिदिएको छ, जसले सुरक्षा मापदण्ड पूरा गरेका थिएनन्। विशेष गरी गैरकानुनी रूपमा अमेरिका छिरेका आप्रवासीहरूलाई प्रक्रिया नपुर्याई अनुमट्टी पत्र (लाइसेन्स )दिने राज्य र संस्थाहरूमाथि सरकारले अहिले कडा निगरानी बढाएको छ।
ट्रम्प प्रशासनको यो कदमले सडकमा हुने दुर्घटना कम गर्ने लक्ष्य राखेको छ, तर अङ्ग्रेजी भाषामा ज्ञान नभएका धेरै चालकहरूका लागि भने यो एउटा ठूलो चुनौती बन्ने देखिएको छ।
प्रतिक्रिया